लकडाउन पछि कौसीबाट नियाल्दै सनसिटीका वासिन्दा, सबै त्रसित मुद्रामा (फाेटाेफिचर)

काठमाडाैं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुष्टी भएको छ । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् । सनसिटी अपार्टमेन्टको कौसीबाट नियाल्दै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार । सनसिटी अपार्टमेन्टमा त्रसित मुद्रामा युवक   दुई सङ्क्रमित भेटिएको पुष्टि पछि अपार्टमेन्टमा त्रसित मुद्रामा एक युवक फोनमा कुरा गर्दै । तस्वीरः प्रदीपराज वन्त/रासस

चाराे कुर्दै चरा, शव कुर्दै घाटे (लकडाउनमा पशुपति क्षेत्रकाे फाेटाे फिचर)

काठमाडाैं । कोरोना भाइरस (कोभिड(१९) को नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनले देश नै सुनसानमा छ । सधैं व्यस्त हुने काठमाडौंका सडक, मठ मन्दिर, स्तुप लगायतका क्षेत्रहरु सुनसान रहेका छन् । सडकमा सेना, प्रहरी, पत्रकार तथा एम्बुलेन्स र अत्यावश्यक सवारी साधन मात्र देखिन्छन् । सरकारले सभा सम्मेलन मात्रै हैन धार्मिक तथा सामाजिक कार्यहरू पनि रोकेको छ । पशुपति क्षेत्रका भण्डारखाल, भस्मेश्वर, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई आह्वान गरेको छ । पशुपतिनाथसँगै रहेको आर्यघाट पनि हिजोआज भने सुनसान छन् । दैनिक शव जलाउने घाट अहिले खाली खाली छन् । यसैक्रममा बिकासन्युज प्रतिनिधि प्रकाश वाग्लेले तयार गरेको फोटो फिचर श्रद्दालु बिहिन पशुपतिनाथ ब्याकुल साधु सुनसान भस्मेश्वर शवको प्रतिक्षामा मसानघाट कामबिहिन घाटे तथा रित्तो स्मसान भक्त विहिन भोलेनाथ लकडाउनले रोक्न नसकेको रोजगारी ( भष्मेश्वर बाग्मती नदिमा सिक्का दाउरा लगायत संकलन गदै ) निर्माण सामाग्री तथा सम्पदाको पुनर्निमाण हुदै चारोको पर्खाइमा पन्छिहरु

काठमाडौं मेरियट होटलले बाल्यो प्रेम र आशाका बत्तीहरू !

काठमाडौं मेरियट होटलले प्रेम र आशाका बत्तीहरू बालकाे छ । यस होटलले हरेकलाई सम्मान गर्छ जसले यो बिस्वब्यापी कोरोना मुक्त गर्न निरन्तर सेवा र काम गर्दै आइरहेकाे छ ।