प्रधानमन्त्री ओलीले यसरी मनाए जन्मदिन (फोटोफिचर)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन मनाएका छन् । पारिवारिक जमघटमा प्रधानमन्त्री ओलीले उनको सरकारी निवास वालुवाटारमा जन्मदिन मनाएका हुन् । उनको जन्मदिनमा पिता मोहन प्रसाद ओलीले टिका लगाइदिएका थिए । प्रजातन्त्र स्थापनको लागि संघर्ष गर्दा प्रधानमन्त्री ओलीलाई पन्चायती सरकारले १४ वर्षभन्दा बढी समय जेलमा राखेको थियो । नेकपा मालेमा आबद्ध ओली उनको पार्टीले झापा विद्रोह गरेकै समयदेखि भूमिगत रहेका थिए । प्रजातन्त्र पुनस्थापना भएपछि खुल्ला राजनीतिमा आएको ओली संलग्न पार्टी नेकपा माले २०४८ सालपछि तत्कालिन माक्र्सबादीसँग एकता गरी नेकपा एमाले बनेको थियो । ओली अहिले दोस्रो कार्यकालमा प्रधानमन्त्रीका रुपमा छन् । यसअघि उनी २०७२ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाले संविधान बनाए लगत्तै तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा ओली प्रधानमन्त्री भएका थिए । त्यसपछि २०७४ को निर्वाचनमा तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेले बाम गठबन्धन गरेर निर्वाचनमा गएको थियो । सो निर्वाचनमा बाम गठबन्धनले सुविधाजनक बहुमत पाएको थियो । ओली नेतृत्वमा सरकार बनेपछि तत्कालिन माओबादी केन्द्र र एमालेबीच एकीकरण भएर नेकपा बनेको थियो । तर, नेकपाले आन्तरिक विवाद व्यवस्थापन गर्न सकेन । सोही कारण अहिले नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको छ भने प्रधानमन्त्री ओलीसले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने तयारी गरेका छन् । यद्यपि प्रतिनिधिसभा विघटनको विषय सर्वाेच्च अदालतमा न्यायिक निरुपणको चरणमा छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका छन् । र, पनि उनी स्वस्थ र सक्रिय देखिएका छन् । उनको पार्टीले गरेको देशव्यापी सभाहरुमा उनी सम्बोधन गर्दै हिडिरहेका छन् । प्रधानमन्त्री ओली अहिले पनि आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर सार्वजनिक वक्तव्य दिने थोरै नेतामध्येमा पर्छन् । (सबै तस्बीरहरु प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको हो ।)
काठमाडौंमा बन्दको प्रभावः यस्तो देखियो चाबहिलमा (फोटो फिचर)
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडाैंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडाैं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारी साधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्राय बनेका छन् । छिटफुट रुपमा मोटरसाईकल र निजी सवारी साधनहरु सञ्चालन भएका छन् । चारपाङग्रे सवारी साधन भन्दा बढी दुई पाङग्रे सवारी साधन सञ्चालन भएका छन् । खाद्यान्न लगायतका बजार पसल आंशिक खुलेका छन् । बन्द आव्हानकर्ताहरुले बिहानैदेखि चोक चोकमा बसेर बन्द सफल बनाउन प्रर्दशन गर्दै आएका छन् । बन्द सफल पार्न भन्दै शिर्ष नेताहरु नै सडकमा ओर्लिएका छन् । आमहड्ताल सफल बनाउन प्रचण्ड माधव समूहले काठमाडाैंका प्रमुख स्थानका लागि कमाण्डर नै तोकेका थिए । युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य कलंकी, बेदुराम भुसाल बल्खु, देव गुरुङ सातदोबाटो, लीलामणि पोखरेल कोटेश्वर, हरिबोल गजुरेल र वर्षमान पुन चावहिल, शक्ति बस्नेत महारागञ्ज, भीम रावल गोंगबु, रघुजी पन्त बालाजु, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा रत्नपार्क र पम्फा भुसाललाई पुल्चोकको कमाण्डरको जिम्मेवारी दिईएको थियो । उनीहरुकै नेतृत्वमा कार्यकर्ताहरु बन्द सफल बनाउन सडकमा निस्किएका थिए । यस्ताे देखियाे चाबहिलमा सम्बन्धित समाचार बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड बन्द सफल पार्न शीर्ष नेताहरु नै सडकमा, प्रचण्ड भने गाडीमै यता उता गर्दै आमहड्तालको निरीक्षण गर्न यसरी निस्किए अध्यक्ष नेपाल
यसरी काठमाडाैं आईपुग्यो काेभिड-१९ विरुद्दको १० लाख डोज भ्याक्सिन (तस्विरसहित)
काठमाडाैं । भारत सरकारले नेपाललाई अनुदानमा दिएको काेभिड-१९ विरुद्दको १० लाख डोज भ्याक्सिन काठमाडौंमा आईपुगेको छ । एयर इन्डियाको विमानबाट साे मात्राकाे कोरोना विरुद्धको भ्याक्सिन (खोप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । भरतीय जनाता र सरकारकाे तर्फबाट नेपाली जनता र सरकारलाई उपहार स्वरूप ल्याइएकाे उक्त खोप नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकी खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडी बढाउने बताए । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए । खोपको अभियान सफलतापूर्वक सञ्चालन गर्न मन्त्रालय तयार रहेको र ढिलो नगरीकन अगाडी बढाईने उनको भनाई छ ।