कोरोनाका कारण समस्यामा परेकालाई एससीडव्लुइसीले वितरण गर्याे निःशुल्क खाना (फाेटाेफिचर सहित)

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका नागरिकलाई दक्षिण एशियाली महिला उद्यमी परिषद, नेपाल (एससीडव्लुइसी) ले निशुल्क खाना वितरण गरेको छ । कोरोना भाइरसका कारण आयस्रोत गुमाएर दुःखमा रहेकाहरुलाई परिषदले निःशुल्क खाना वितरण गरेको हो । दैनिक खाद्य वस्तुको अभावमा भोकले पिडित भएकाहरुलाई लक्षित गर्दै काठमाडौंको विभिन्न स्थानहरुमा खाना वितरण भइरहेको परिषद्की कार्य समिति सदस्य निता पौडेलले बताए । संक्रमणको जोखिमका कारण एकै ठाउँमा भेला हुन नदिएर तयारी खाना वितरण गरी भिडभाड नहुने गरी खान भनिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको लकडाउन र त्यसबाट सिर्जना भएको आर्थिक संकटले समस्यामा परेकाहरुलाई खाना खुवाइएको उनले बताए । भदौ १९ गतेबाट संस्थाले खाना खुवाइरहेको छ । आज काठमाडौंको हात्तिगौडामा मानव अधिकारका लागि महिलासमूहले पनि दाल चामल र नुन वितरण गरेको छ । कोरोनाले समस्यामा परेका नागरिहरुलाई समूहले खाद्यान्नका सामग्री वितरण गरेको हो ।

ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी र सुनसान सडक

ललितपुरमा शुक्रवार कर्फ्यु लागू गर्न सडकमा उभिएका सुरक्षाकर्मी । विहीबार राताे मछिन्द्रनाथकाे रथ तान्न सडकमा निस्केका स्थानीयबासी र प्रहरीबीच झडप भएकापछि शुक्रवार कर्फ्यु जारी गरिएकाे छ । प्रकाश माथेमा/एएफपी

कर्फ्यु लगाइएपछि यस्ताे देखियाे ललितपुर, हेर्नुहाेस् तस्विर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यु आदेश जारीगरेपछि ललितपुर क्षेत्र सुनसान देखिएको छ । कोरोना संक्रमणको जोखिममा भिडभाड बढेको भन्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । ललितपुर महानगरपालिका क्षेत्रको रिङरोड भित्र कफ्र्यु आदेश जारी भएको छ । आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको हो । हिजो दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न निस्किएको स्थानीयको भिडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपपछि सुरक्षा अधिकारीहरूको बैठकले कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेको भन्दै कर्फ्यु आदेश जारी गरेको हो । अहिले ललितपुर क्षेत्र सुनसान देखिएको छ । त्यहाँ सुरक्षा चेकजाँचमा पनि कडाई गरिएको छ । त्यसो त उपत्यका भित्र निषेधाज्ञा जारी नै छ । ललितपुरमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि कर्फ्यु आदेश जारी गरिएको हो । ललितपुर पुरै जिल्ला नभएर बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कर्फ्यु लगाइएको हो । कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि गर्न पाईदैन । यस्तै कुटनीतिक नियोग, प्रेस, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरकारी सवारीहरूलाई आवागमनमा कुनै बाधा पर्ने छैन ।