महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले उम्मेदवारी घोषणामा कसकसले गरे समर्थन ? फाेटाेफिचर

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले गत बुधवार एक औपचारीक कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । काठमाडौंको होटल याक एन्ड यतीमा भएको उक्त उम्मेदवारी घोषणा कार्यक्रममा ६३ जिल्ला उद्याेग वाणिज्य संघले ढकाललाइ समर्थन गरेका छन् । कार्यक्रममा महासंघकाे पूर्व अध्यक्ष सुरज बैद्य, चण्डिराज ढकाल, विभिन्न प्रदेश तथा जिल्ला नगर उद्याेग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारी, बस्तुगत संघकाे अध्यक्ष तथा पदाधिकारी, एशाेसिएट सदस्यहरूकाे सहभागिता थियाे ।   चन्द्रप्रसाद ढकालको व्यक्तिगत तथा व्यवसायीक जिवनका कथाहरु पर्दामा देखाईदै उम्मेदवारी घोषणा अघि चिनी उत्पादक संघका अध्यक्ष एवं होटल व्यवसायी शशिकान्त अग्रवालका साथ भलाकुसारी गदै चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ चन्द्रप्रसाद ढकाललाई फूल मालाद्धारा स्वागत गदै पहिला अंकमाल गरेर बधाइ दिँदै पछि । आफ्नो उम्मेदवारी घोषणा गर्दै चन्द्रप्रसाद ढकाल । उम्मेदवारी घोषणा पस्चात बधाई दिदै नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ नाइका तथा निर्मात्री दिपाश्री निरौला उम्मेदवारी घोषणा पश्चात शुभकामना सन्देश दिदै प्रदेश ३ तीनकाे अध्यक्ष दिनेश श्रेष्ठ । कार्यक्रममा सहभागी नेपाल उद्याेग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य र पूर्व उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित विशिष्ट व्यक्ति हरु , महासंघका पूर्व तथा वर्तमान पधादिकारी , व्यवसायी तथा पत्रकारहरु

सीआइपीबाट सम्मानित हुने २५ व्यवसायी तस्विरमा (फोटोफिचर)

काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित हुने व्यक्तिलाई सम्मानपत्र र राष्ट्रको महत्वपूर्ण परिचय पत्र प्रदान गरेका छन् । मुलुकको उत्पादन, रोजगारी, निर्यात, पर्यटन तथा विप्रेषण आयमा योगदान दिने व्यक्ति तथा संघ संस्थालाई सीआईपी प्रदान गरिएको हो। सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, पर्यटन क्षेत्र, कर दाखिला र व्यावसायिक प्रतिनिधिमूलक संस्थाका ३ गरी कूल २५ जना व्यक्ति तथा संस्थालाई सम्मानित गरेकाे हो ।

यसरी सम्पन्न भयाे छैटौं बिल्डर एक्स्पाे (फोटोफिचर)

काठमाडौं । नेपाल बिल्लकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको सो प्रदर्शनमा ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्ड सहभागी थिए । यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ३ दिनसम्म चलेको थियो । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ । नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ५ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुदैआएको छ । प्रदर्शनी यस्तो देखिएको थियो: