विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य
पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीरः जमुना वर्ष शर्मा, रासस
घरमा सजिन थाले धानका बालाहरु
थारुहरुको घरमा राखिएको धानका बालाहरु आजकाल नयाँ धान काटिएपछि आफ्नो घरमा सजाएर राखेका हुन्छ । तस्वीरः मेनका चौधरी, रासस
सहुलियत दरमा खसीबोका बिक्री सुरु, किन्नेको लाग्यो भिड (फाेटाे फिचरसहित)
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरुगरेसँगै खरिद गर्नेहरुको भिड लागेको छ । कम्पनीले आज (कात्तिक ३ गते) देखि सहुलियत दरमा खसीबोकाको बिक्री सुरु गरेको हो । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका बिक्री वितरण सुरु गरेको छ । कम्पनीले जिउँदो खसीबोकाको प्रतिकेजी ५ सय ६० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ सहुलियत दिई ५ सय ५० रुपैयाँमा बिक्री गरिरहेको छ । बजारमा प्रतिकेजी ६ सयदेखि ६ सय ५० रुपैयाँ प्रतिकेजीसम्म पर्ने खसीबोका ५ सय ५० रुपैयाँ मै पाउने भएपछि उपभोक्ताहरुको भिड लागेको छ । खसीबोका किन्नका लागि कोभिड संक्रमणको प्रवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरु थापाथली पुगेका छन् । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा विक्री गर्दै आएको छ । यसपटक कोभिड १९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसी बोका बिक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ । यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई विक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै विक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यसपटक च्याङ्ग्रा भने बिक्रीमा राखेको छैन् ।