सिभिल बैंकले यसरी मनायो नवौं वार्षिकोत्सव (फोटो फिचरसहित)

काठमाडाैं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ । साे अवसरमा बैंकले  विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेकाे छ । सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः -बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा आज तथा वार्षिकोत्सवको दिनदेखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । – बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान। -व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान। – श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान । – चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेको छ । – असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृष्टीविहिनहरुको लागि १०० थानविशेस छडी प्रदान । – श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान । – पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान । -नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान । तीनवटा शाखा संचालनमा बैंकले वाषिककोत्सवको अवसरमा विभिन्न तीन स्थानमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले निजगढ, चन्द्रनिगाहपुर र दमौलीमा गरी तीन नयाँ शाखा संचालनमा ल्याएको हो । दमौली शाखाको उद्घाटन निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरेका हुन् । चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरेका छन् । चन्द्रनिगाहपुर शाखाको उद्घाटन त्यस्तै, दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष ई इच्छा राज तामाङ्गले गरेका हुन् । यी तीन नयाँ शाखा सहित बैंकको शाखा संख्या १०१ पुगेको छ भने एटीएम संख्या ७६ पुगेको छ । दमौली शाखाको उद्घाटन समारोहमा व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको चेक प्रदान निजगढ शाखाको उद्घाटन सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान असहाय सेवा केन्द्र नेपाललाई दृष्टीविहिनहरुको लागि १०० थान विशेष छडी प्रदान विराटनगरको श्री नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेसकालागि सहयोग हस्तान्तरण पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई खाद्यान्न प्रदान लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई ५ थान डस्टविन प्रदान  

सीको भ्रमणमा सिङ्गारिएको सोल्टीमोड-कालिमाटी सडकखण्डको दुर्दशा(फोटो फिचर)

काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो र सजिसजाउ पारिएको थियो । बनाइएको थियो र दायाँबायाँ सभा र चिटिक्क पारिएको थियो । सीको अगमनका बेला उक्त सडकमा न धुँवाधुलो थियो र न त अस्तव्यस्त अवस्था थियो । तर, २ दिनको राजकीय भ्रमण सकेर राष्ट्रपति सी फर्किएसँग सो सडक खण्डमा ढलको संरचना निर्माण थालिएको छ । जसले गर्दा उक्त स्थान फेरी अस्तव्यक्त र धुलाम्मे भएको छ । केही दिन अघिमात्रै पिच गरिएको तथा सजिसजाउ भएको सडक अहिले बाङबुङ्ग पारेर भत्काइदैछ । त्यसरी भत्काउनुको कारण ढल निर्माण हो, तर सडक बनाउने, फेरी भत्काउने, फेरी थप संरचना बनाउने गर्दा पक्कैपनि राम्रो देखिदैन । नेपालको विकास मोडल ठीक छैन । सडक बनाइन्छ, जब सडक भत्कन थाल्छ अनि छेउ छेउमा ढल बनाइन्छ । केही समयपछि पानीका पाइब बिछ्याउन फेरी सडक खनिन्छ अनि सडक खाल्डाखुल्डी भएर भत्कन्छ । यसरी हेर्दा सडक संरचनाको लागि सरकारको रकम खर्च भइरहेको हुन्छ र राम्रो भएको कहिलेपनि अनुभूति गर्न पनि पाइदैन । अहिले सोल्टीमोड–कालीमाटी सडकमा भएको पनि यही हो । सडक निमार्णका कारण धुुँलो प्रदुषण हुने नै भयो, तर कामलाई लामो समय लगाइदिंदा त्यसले दिर्घकालीन असर समेत पर्दै आएको छ । सडकमा सवारी चलाउनेदेखी पैदल यात्रा गर्ने, व्यवसाय गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।

मेडिकल कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न माग राख्दै माइतीघरमा विद्यार्थीहरुको प्रदर्शन (फोटोफिचर सहित)

काठमाडौं। चिकित्सक शिक्षा संघर्ष समितिले मंगलबार मेडिकल कलेजले लिदै आएको अवैध शुल्कको विरोधमा प्रदर्शन गरेको छ। मेडिकल कलेजहरुले लिएको अवैध शुल्कको विरोध गर्दै चिकित्सक शिक्षा संघर्ष समितिले माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। समितिले मेडिकल कलेजको गुण्डागर्दीको विरोध गर्दै चिकित्सक सुरक्षाको माग पनि राखेका छन्। उनीहरूले  सरकारलाई  मेडिकल कलेजलाई कारबाही नगरी चुपचाप बसी मेडिकल माफियाहरुलाई साथ दिँदै उनीहरुको गूण्डागर्दी प्रति गम्भिर नभएको आरोप लगाएकाे छ। तोकेको निर्धारित मापदण्डभन्दा बढी शुल्क असुलिकाविरुद्ध चिकित्सा शिक्षा संघर्ष समितिले विरोध जनाउँदै आएको छ।