लिदीमा पहिरो अपडेट: चार जनाको शव भेटियो, ३८ जना बेपत्ता (तस्वीरसहित)
काठमाडाैं । सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको जनाइएकाे छ । घटनास्थलमा पुगेका सभामुख अग्नी सापकाेटाका प्रेस संयोजक श्रीधर न्यौपानेले ४ जनाकाे शव भेटिएकाे जानकारी दिएका हुन् । उनका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। अहिले प्रहरी, सेना तथा स्थानीयहरू मिलेर उद्धार गरिरहेका छन् । तस्वीर: श्रीधर न्यौपाने
पास नभएकालाई फिर्ता पठाउँदै र माक्स नलगाउनेलाई कारवाही गर्दै प्रहरी(फाेटाेफिचर)
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लक डाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाएका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ ।
उपत्यकाबाट यस्ताे देखियाे सूर्यग्रहण (फाेटाेफिचर)
काठमाडाैं आज आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ। ग्रहणले बिहान १० बजेर ५० मिनेट जाँदा स्पर्श गरेको हो । दिउँसो १२ बजेर ३८ मिनेट जाँदा मध्य र दिउँसो २ बजेर २३ मिनेट जाँदा ग्रहणले मोक्ष प्राप्त गर्ने छ। आइतबारको ग्रहण नेपालसहित कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट देखिएको छ । काठमाडौंको स्वयम्भू र भक्तपुरको मध्यपुर थिमिबाट आइतबार देखिएको सूर्यग्रहणका दृश्य: