काठमाडौं मेरियट होटलले बाल्यो प्रेम र आशाका बत्तीहरू !

काठमाडौं मेरियट होटलले प्रेम र आशाका बत्तीहरू बालकाे छ । यस होटलले हरेकलाई सम्मान गर्छ जसले यो बिस्वब्यापी कोरोना मुक्त गर्न निरन्तर सेवा र काम गर्दै आइरहेकाे छ ।  

सुनसान काठमाडौंका सडक (फोटोफिचर)

काठमाडौं । नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै गत मङ्गलवार बिहानबाट लागु हुनेगरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्किन नपाउने गरी लकडाउन गरेको छ। सरकारले चैत २५ गतेसम्मका लागि लकडाउन गरेसँगै अहिले काठमाडाैं लगायत देशैभरका सडक खाली भएका हुन् । सडकमा अत्यावश्यक सेवा बाहेका सवारी साधनहरूकाे आवगमन ठप्प छ । आज मंगलबार देशकाे राजधानी काठमाडाैंका सडक कस्ता देखिएका छन् त ?  लकडाउनको सातौं दिन यस्ता देखिए काठमाडौंका सडक ।

रित्तदै राजधानीः भिडियाे फिचर

  काठमाडौं । कोरोना संक्रमणको त्राससँगै राजधानी उपत्यका रित्तदै गएको छ । स्थायी र अस्थायी गरी काठमाडौं उपात्यकाभित्र करिव ५० लाख मानिस बसोबास गर्ने गरेको सरकारी तथ्याङ्क छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले अत्यावश्यक सेवा बाहेकको व्यापार व्यवसाय बन्द गर्न निर्देशन दिएपछि र चैत १० गतेदेखि लामो दूरीमा चल्ले सवारी साधान चल्न नदिने निर्णय गरेपछि तीन दिनभित्रका करिव १५ लाख सर्वसाधारणले राजधानी छोडेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक तथा प्रबक्ता जीवन कुमार श्रेष्ठले बताए । आइतबार १ लाख ६१ हजार, शनिबार १ लाख ६ हजार र शुक्रबार १ लाख ८ हजार मानिस सडक सवारीबाट राजधानी वाहिर गएको उनको भनाई छ । कोरोना त्राससँगै गत दुई सातामा राजधानी भित्रने भन्दा वाहिरीनेका संख्या बढी रहेको छ । रित्तिदै गएको राजधानीको सडक कस्तो देखिएको छ ? विकासन्युजका फोटोग्राफर प्रकाश वाग्लेले आइतबार राजधानीको वाहिरिने मुख्य चोकहरु कलंकी, कोटेश्वर, एयरपोर्टसहित सहरका मुख्य भागहरुको भिडियो खिचेका छन् । राजधानीबाट वाहिरिने चोक तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कक्षमा भीडभाड देखियो भने सधैं भिडभाड हुने माइतघर, जाउलाखेल, चक्रपथ क्षेत्रमा सुनसान देखियो । भिडियो हेर्नुहोस् ।