यसरी सम्पन्न भयाे छैटौं बिल्डर एक्स्पाे (फोटोफिचर)
काठमाडौं । नेपाल बिल्लकन अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन र फ्यूचर ट्रेड फेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको सो प्रदर्शनमा ३ सयभन्दा बढी ख्यातिप्राप्त ब्राण्ड सहभागी थिए । यो प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा ३ दिनसम्म चलेको थियो । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको छ । नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउन विगत ५ वर्षदेखि यस्तो प्रदर्शनी आयोजना हुदैआएको छ । प्रदर्शनी यस्तो देखिएको थियो:
उपत्यकाभित्रका पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गर्दै राष्ट्रपति भण्डारी (फाेटाे फिचरसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन् । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीेबारे चासोपूर्वक जानकारी लिएकी हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ । राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौं महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागिता रहेको थियो । प्राधिरकणले भूकम्प पुनःनिर्माण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ८ लाख २७ हजार ५ सय ५० रहेकामा अनुदान सम्झौता भएका लाभग्राहीको सङ्ख्या सात लाख ७८ हजार १ सय १७ रहेका छन् । त्यसमध्ये पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या सात लाख ७० हजार ७ सय ३६ रहेको छ । दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या ६ लाख २७ हजार ७ सय ७० छ भने तेस्रो किस्ता पाँच लाख ३२ हजार ५ सय ३२ लाई भुक्तानी गरिएको प्राधिकरणले जानकारी दिएको छ । हालसम्म निजी आवास निर्माणको सङ्ख्या चार लाख ८२ हजार ७ सय ८५ छ भने ३ सय ८९ पुरातत्विक एवं सांस्कृतिक सम्पदा पुनःनिर्माण सम्पन्न भएका छन् । विश्वसम्पदा सूचिमा सूचिकृत भएका क्षेत्रमा १ सय १ वटा संरचना निर्माण भइसकेको छ । काठमाडौं उपत्यकामा ४ सय ४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । उपत्यका बाहिर भने त्यस्ता सम्पदा पुनःनिर्माण भएको सङ्ख्या ३ सय ४६ रहेको बताइएको छ । रासस
उड तथा फर्निचर एक्स्पोकाे लागि तयारी गर्दै कामदार (फाेटाेफिचर)
काठमाडौं । माघ १७ गते शुक्रबारबाट शुरू हुन लागेकाे ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’काे तयारी करिब पुरा भएकाे छ । उक्त एक्स्पाेका आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. का निर्देशक सृजल भट्टराईले हालसम्म ९० प्रतिशत तयारी पुरा भएकाे जानकारी दिएका हुन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्न लागेका हुन् ।भाेलिदेखि माघ १९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा हुन लागेकाे उक्त एक्स्पोकाे तयारीका केहि झलक यस्ता छन्: