नेपाल भ्रमण वर्षको उद्घाटन समारोह यस्तो देखियो (फोटोफिचर)
काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने गरी उद्घाटन गरेको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित देशका विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा देखिएका केही दृश्यहरु यस्ता छन् ।
सिभिल बैंककाे एक महिने सीएसआर कार्यक्रम सम्पन्न
काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा एक महिनाभर विविध सामाजिक उत्तरदायित्वका (सीएसआर) कार्यक्रमहरु आयोजना गरी सम्पन्न गरेकाे छ । साे अवधिमा बैंकले रक्तदानदेखि लिएर सरकारी विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । यस्ता छन् बैंकले गरेकाे सामाजिक उत्तर्दायित्वका कार्यक्रमहरुः १. बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । २. बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ३. व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । ४. बैंकले लेखनाथस्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ । ५. चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । ६. बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टि विहिनहरुको सहयोगार्थ १०० थान विशेष छडी प्रदान गरेको छ । ७. बैंकको ईलाम स्थित मांईजोगमाई शाखामार्फत श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । ८. बैंकले झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटि सोसिएल सर्विसलाई वर्षभरीको लागि खाद्यान्न प्रदान गरेको छ । ९. बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान गरेको छ । १०. निजगढ शाखाको उद्घाटन समारोहमा बैंकले श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई १ थान प्रिन्टर प्रदान गरिएको छ ।
जागरुक युवा अभियानले यसरी मनायाे सातौं नेपाली टोपी दिवस (फाेटाेफिचर)
काठमाडौं । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । आज राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् । यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ । यसैक्रममा कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली टोपी दिवस मनाउनुको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए । कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् । यस्तै संस्थाका उपाध्यक्ष जर्नाजन पौडेलले अभियानको सार्थकता र महत्वका बारेमा बताएका थिए । अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि सातौं अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई कार्यक्रम गरेको हो । कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाएको पनि उनले जानकारी दिए । जागरुक युवा अभियान नेपालले यस वर्षको टोपी दिवसको नारा भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार राखेको थियो । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो ।