सरकारसामु सिन्डिकेटधारी झुकेपछि यातायात चल्याे, यात्रुमा खुसी छायो (फोटो फिचरसहित)

काठमाडौं । सरकारसामु सिन्डिकेटधारी यातायात व्यवसायीहरु झुकेपछि पूर्ववत यातायात सञ्चालन भएको छ । सरकार सिन्डिकेटको विरुद्धमा कडा रुपमा प्रस्तु भएपछि आन्दोलनरत यातायात व्यवसायीहरु झुक्न बाध्य भएका हुन् । व्यवसायीको आन्दोलनप्रति सरकार कडा रुपमा उत्रदै शुक्रबार महासंघको संयुक्त आन्दोलन मूल समितिका पदाधिकारीहरुलाई पक्राउ गर्दै रुटपरमिट खारेजदेखि व्यवसायीहरुको सम्पत्तिमाथि छानबिन गर्नेसम्मको प्रक्रिया अघि बढाएपछि शनिबार यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मुल समिटिले आन्दोलन फिर्ता लिएको हो । शुक्रबार नयाँ वसपार्क, सामाखुुुुसी, सिनामंगल र रत्नपार्क चल्ने २६ ओटा माइक्रोवसको रुटपर्मिट सरकारले खारेज गरेकोे छ । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव सरोज सिटौला, सह–कोषाध्यक्ष डम्बर पन्त लागयत देशभर रहेका यातायात संघ, पदाधिकारीहरु गरि सय जनाको हाराहारीमा पक्राउ गरिएको छ । यात्रुमा खुसी छायो आन्दोलनकारी यातायात व्यवसायी गलेकाेमा यात्रु तथा गाडी चालकहरु खुसी भएका छन् । बर्षौदेखि जरा गाडेको सिन्डिकेट हट्ने भएपछि यात्रु, सर्वसाधानरण, यातायात व्यवसायी, सवारी चालक लगायतमा खुसी छाएको हो । काठमाडाैंबाट नेपालगन्ज जान लागेका दिवाकर अधिकारीले यातायात व्यवसायीहरु पछि हटेकोमा खुसी भएको बताए । ‘सरकारले कडा कदम चालेपछि उनीहरुले आन्दोलन फिर्ता लिन बाध्य भएका हुन्,’ उनले भने ‘हामीलाई शुक्रबार यात्राको लागि केही असहज भएपनि देशको लागि राम्रो हुने भएको छ ।’ अर्का दाङको लागि कलंकिमा वस पर्खाइमा रहेका कमल केसीले पनि सिन्डिकेटर व्यवसायीहरुप्रति आक्रोस पोख्दै पक्रेकाहरुलाई सहजै छोड्न नहुने धारणा राखे । ‘सरकारले यातायात क्षेत्रमा कडा कदम चालेर राम्रो गरेको छ,’ उनले भने ‘त्यस्तै अन्य विभिन्न क्षेत्रको सिन्डिकेट हटाउन पनि त्यस्तै कदम चालोस् ।’ त्यस्तै रत्नपार्कदेखि कोटेस्वर सार्वजनिक यातायातका चलाउदै आएका एक चालकले यातायात क्षेत्रमा ठुलो समस्याको रुपमा रहेको समितिहरुको सिण्डिकेट अन्त्य हुने भएकोमा खुसी माने । ‘ठिकै छ शुक्रबार उनीहरुले आन्दोलनले केही असर पर्यो,’ उलने भने ‘तर सिन्डिकेट हटेपछि यातायात क्षेत्रको भविश्य धेरै राम्रो हुन्छ ।’ उनको अनुसार अहिले समितिको नाममा दैनिक, मासिक, वार्षिक हजारौं, करोडौं रकम असुल्दै आएको छ । समितिको हालिमुहालीनै चलेको छ । त्यो हट्नेछ । प्रतिस्पर्धाको आधारमा सर्वसाधारणले पनि गाडी सञ्चालन गर्न सक्नेछन् ।

फाेर्डकाे सीयुभी फ्रीस्टाइल सार्वजनिक, सुरुवाती मुल्य २६ लाख ९९ हजार (फोटो फिचरसहित)

काठमाडौं । नेपालका लागि फाेर्ड गाडीकाे अाधिकारिक विक्रेता  जिओ अटोमोबाइल्स प्रालिले फोर्डकाे सीयुभी(कम्प्याक्ट युटिलीटी भेहिकल) फ्रीस्टाइल सार्वजनिक गरेको छ । मंगलबार भव्य संगितिक कार्यक्रमबीच राजधानीमा कम्पनीले भारतमा पहिलो पटक बनेको  सीयुभी फोर्ड फ्रीस्टाइल सार्वजनिक गरेको कम्पनीकाे भनाइ  छ । कम्पनीले सार्वजनिक गरेकाे कारमा एसयुभीकाे डीजाइन,पफमेन्स, वेन्चमार्रक लगायतलार्इ समेटेकाे बताएकाे छ । उक्त सीयुभीमा १.२ लीटर ३ सीलीन्डर पेट्रोल इञ्जिन छ । जसले ९६ पीएस पीक पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार गाडीमा कनेक्टीभीटी र सेफ्टी फीचर्स समावेश गरिएको छ । जसमा हाई रिसोलुशन ६.५ इन्च टक स्क्रीन र ६ वटासम्म एयरब्याग्स उपलब्ध छ । ग्राउण्ड क्लियरेन्स १९० रहेको कारका टायर १५ इन्चको राखिएकाे छ । त्यस्तै कारमा एन्टी लक ब्रेकिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, रियरभ्यू क्यामेर, इमरजेन्सी असिस्टेन्स, पुस बटम स्टार्ट, कि–लेस इन्ट्री, अटो हेडल्याम्पस्, रेन–सेन्सिङ वाईपर लगायत फिचर्सहरू राखिएकाे छ । ह्वाइट गोल्ड, मुनडस्ट स्लीभर, अक्सफोर्ड ह्वाइट, स्मोक ग्रे लगायत कम्पनीले विभिन्न ६ कलरमा कार बजारमा उपलब्ध गराएको छ । शुरुवाती मुल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको उक्त फोर्ड फ्रीस्टाइल सीयूभी मोडलअनुसार ३२ लाख ४९ हजार रुपैयाँ सम्म मुल्यमा बजारमा कम्पनीले प्रस्तु गरेकाे छ ।

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, एकै छानामुनी धातुकलादेखि पश्मिनासम्मकाे प्रदर्शनी

काठमाडौं । राजधानीस्थित भृकुटीमण्डपमा १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ शुरु भएको छ । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मेलाको उद्घाटन गरेका हुन् । उनले उद्घाटनको क्रममा मुलुकमा लघु, घरेलु तथा साना उद्योगहरुको विकास आवश्यक रहेको बताए । ती उद्योगहरुको विकासलेनै मुलुकको आर्थिक समृद्धि हुने उनको भनाइ छ । लघु, घरेलु तथा साना र महिला उद्यमीका उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार सम्बद्र्धन, प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले मेलाको आयोजना गरेको हो । मेलामा एकै छानामुनी लघु घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित एवम् छरिएर रहेका मौलिक वस्तुहरुको प्रदर्शनी रहेकाे छ । साथै  मेलामा बैंक तथा वित्तिय संस्था लगायत व्यवसायीक विकास प्रदायक स‌स्थाहरुको प्रदर्शनी, अन्तरक्रिया, सेमिनार लगायतका कार्यक्रमहरु रहनेछ । मेलामा काठ/ढुङ्गा/धातु कला, गलैँचा, राडीपाखी, अल्लो, लोक्ता लगायतका नविन तथा परम्परागत हस्तकला सामाग्रीहरुको प्रर्दशनी रहेका छन् । गलबारसम्म सञ्चालन हुने  मेलामा विभिन्न २५० स्टलहरु रहेको आयोजकले जानकारी दिएको छ ।