जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)
काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ । बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ । विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।
चार कलाकारले गोर्खाको पहरा फोरेर यसरी बनाए बुद्ध (फोटोफिचर सहित)
काठमाडौं । चार उत्साहित युवा कलाकारले गोर्खाको धार्चे गाउँपालिकाको खोर्लावेसी वडा ३ स्थित पहरामा बुद्धको मूर्ति निर्माण गरेका छन् । उक्त गाउँ पालिकामा पर्यटकलाई भित्र्उने उद्देश्यले गाउँपालिकाका प्रमुख सन्तोश गुरुङको सक्रियतामा ४ कलाकारले मूर्ति निर्माण गरेका हुन् । युवा मूर्तिकार बिशाल सारु मगरको संयोजकत्वमा कलाकार चन्द्रमणि मगर, मानबहादुर बल र प्रकाश पुनले पहरामा रहेको चट्टाने खोपेर बुद्धको मूर्ति बनाएका थिए । लगातार १० दिनसम्म सो समूह खटिएर उक्त मूर्ति निर्माण कार्य सम्पन्न गरेको कलाकारमध्येको एक चन्द्रमणि मगरले बताए । उनका अनुसार मूर्ति बनाउन चार जनाले दैनिक करिब १६ घण्टा खटेका थिए । गोर्खाको दुर्गम स्थानमा रहेको पहरामा बुद्धको मूर्ति बनाउन पाउदा आफुहरु खुसी भएको मगरको भनाइ छ । ‘चट्टानलाई बुद्धको स्वरुपमा ढाल्न निकै चुनौतिपूर्ण थियो,’ उनले भने ‘त्यसलाई अविस्मरणीय ढंगले निर्जिव चट्टानी पहाडलाई जीवन दिएका छौं ।’ उक्त मूर्ति बनाएको स्थान पर्यटकीय रुड भएको कलाकारहरुको भनाइ छ । उनीहरुका अनुसार सो रुड हुदै पर्यटकीय स्थान मानास्लु, घोडेपानी, लम्जुङ बेसी पुगिन्छ । मूर्ति बनाएसँगै स्थानिय बासिन्दा तथा पर्यटकहरु झुम्न थालेको उनीहरुको भनाइ छ । मूर्ति जमिनको सतहभन्दा १० फिट उचाई र १५ फिट चौडाईमा निर्माण गरिएको छ । मूर्तिमा बुद्धसँगै स्थानीय धर्म र संस्कारको विषयलाई कलाकारले ‘रिलिफ फम’मा उतारेको जानकारी दिएका छन् ।
स्याकार ट्रेडिङले ल्यायो होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक सार्वजनिक गरेको छ । पछिल्लो राइजिङ परिस्थितिलाई मध्ययनजर गर्दै उच्चतम ईन्जिन पर्फमेन्स प्रदान गर्ने उद्देश्यले राजधानीमा बुधबार एक समारोह गरी कम्पनीले उक्त जेनुएन ईन्जिन आयलको नयाँ प्याकहरु सार्वजनिक गरेकोे हो । कार्यक्रमको आवसरमा ज्योति समूहका निर्देशक सौरभ ज्योतिले सार्वजनिक गरिएका आयलहरु प्रदुषण कम गर्ने वातावरणमैत्री रहेको बताए । उनले उक्त आयलहरु नयाँ जेनेरेशनको आयल रहेको जानकारी गराए । कम्पनीले नवीनतम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन गरिएको होण्डा ४–स्ट्रोक मोटरसाइकल ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमए र ४–स्ट्रोक स्कुटर ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमबी बजारमा ल्याएको हो । जापानिज कम्पनीद्वारा उत्पादित ती आयलहरु सार्वोत्कृष्ट क्वालिटीको रहेको कम्पनीको भनाइ छ । साथै उक्त आयलहरुले सवारी साधानको आयु तथा कार्यक्षमता बढाउने, वातावरणमैत्री लगायत लाभदायक गुण रहेको जनाएको छ । कम्पनीको अनुसार सार्वजनिक गरिएको स्कुटर ईन्जिन र मोटरसाइकल ईन्जिन आयल उत्कृष्ट लुब्रिसिटी, वेयर प्रोटेक्सन र ईन्जिन लाईफ जस्ता फाइदहरुका साथै उत्कृष्ट कल्चर पर्फमेन्स रहेको छ ।