तीजको लहर आयो बरि लै ! बसन्तपुरमा महिला ब्रतालुहरुको भीड यस्तो देखियो (तस्विरसहित)

काठमाडौं । हरितालिका तीजका अवसरमा आज राजधानीको वसन्तपुरस्थित शिव मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । हिन्दु धर्मावलम्बीको शक्तिशाली देवताकारुपमा मानिने महादेवको वसन्तपुरस्थित मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसलाई सानो पशुपतिनाथका रुपमा पनि चिनिन्छ । तीजको व्रत खासगरी विवाहिता महिलाहरुले आफ्ना श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गरी बस्ने गर्दछन् भने अविवाहित महिलाहरुले असल पति पाउने अपेक्षका साथ व्रत बस्ने र भगवान शिवजीको मन्दिरमा गएर पूजा गर्ने गर्दछन् । महिला दर्शनार्थीको भीडलाई व्यवस्थित राख्न सुरक्षादेखि स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । भक्तपुरको दत्तात्रय मन्दिर, डोलेश्वर मन्दिरमा महिलाको अत्यधिक घुइँचो लागेकाले सुरक्षा व्यवस्थाका साथै स्वयंसेवक परिचालन गरिएको छ ।

नेपाल स्टक बोक्रर्स एसोसिएसनद्धारा बाढी पीडितलाई १० लाखको आर्थिक सहयोग

काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पीडितहरुको लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मंगलबार एसोसिएसनले बाढी पीडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सो मात्राको रकम उपलब्ध गराएको हो । एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको बोक्रर्स एसोसिएसनले जनाएको छ । यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो । समारोहमा प्रधानमन्त्री देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरेका छन् । उनले विपतमा परेकाहरुलाई सहयोग गर्ने संस्कार विकास गर्न सके त्यसबाट देश र जनताको हित हुने बताएका छन् ।

ग्लोबल आइएमई बैंकद्धारा बाढी पहिरो पीडितलाई तत्काल ६५ लाख रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले उक्त रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् । कुल रकममध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख रुपैयाँ तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैयाँ गरि कुल ६५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरिएको हो । उक्त कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष ढकालले विगतमा पनि बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मुलुकमा विभिन्न समयमा आइपरेका प्राकृतिक प्रकोपमा सहयोग प्रदान गरेको स्मरण गराएका छन् । साथै, उनले सोही अनुरुप अहिले पनि मुलुकमा आइपरेको विपत्तिको सामनागर्न सरकारलाई सहयोग गरेको जानकारी दिए । उनले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरुबाट पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता जाहेर गरेका छन् । साथै, बाढी पहिरो पिडित व्यक्तिहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउन चाहने महानुभावहरुले “प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष, सिंहदरबार” को नाममा यस ग्लोबल आइएमई बैंकको ज्ञानेश्वर शाखामा खोलिएको खाता नम्बर “०४११०१००००००५”मा बैकका सम्पूर्ण शाखाहरुबाट रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको जनाएका छन् ।