नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ । १, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ । २, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् । ३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन । ४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ । ५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन । बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।

को हुन् नकाव लगाएर त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएका व्यक्ति ?

काठमाडौं । सोमबार(आज) बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरेका छन् । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल उपस्थित रहेका सर्वसाधारणहरुमा परेको थियो । नकाव सहित विमानस्थलबाट बाहिरिनु रहस्यमय त थियो नै झन् त्यहाँ उपस्थित मिडियाकर्मिले ती व्यक्तिलाई क्यामेरा र माइक लिएर केहि सोधपुछ गरिरहदाँ सर्वसाधारणहरुले ती व्यक्ति कुनै ठुलै अपराधिक पृष्ठभुमीका हुन् कि भन्ने अड्कल काटेका थिए । ती नकावधारी व्यक्तिलाई हेर्न त्यहाँ ठुलै भिड जम्मा भएको थियो । पछि पत्रकारहरुले अर्न्तवार्ता लिने क्रममा बल्ल थाहा भयो कि उनी त यहि कार्तिक २५ गते दशरथ रंगशालाको कभर्ड हलमा र २७ गते इटहरीको ठुलो जनता मा. वि.मा आयोजना हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारत बाट आएका खेलाडि रहेछन् । उक्त प्रतियोगितामा नेपाल सहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरि ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् । यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनामा हुन लागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टस् बाट दशरथ रंगशालाको कबर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

१५० करोड लागतमा यस्तो बन्दैछ महानगरपालिकाको हरिभवन, तयार भयो डिजाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरि भवन पुननिर्माण गर्ने भएको छ । मंगलबार महानगरपालिकाले हरि भवनको डिजाइन सहितको स्केच तयार पारेको छ । महानगरले ४२ महिनाभित्रै कार्य सम्पन्न हुने गरी निर्माण गर्ने तयारी गरेको छ । २ लाख वर्ग फुट क्षेत्रफलमा निर्माण हुने यो भवनको १ सय ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवनको डिजाइन मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । भवनको बाहिरी मोहडा तीनवटा मौलिकता झल्कने गरी डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आआफ्नै मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ बन्ने भवन पुरानो बागदरबारको आकारमा तीन तल्लाको मात्र हुनेछ । यसको एतिहासिक मौलिकता कायम गर्न खोजिएको र यो ब्लक भित्र फिनिसिङहरु पनि पौराणिक शैलीमा निर्माण गरिएको छ । मल्लकालिन चोकहरु भवनभित्र चार वटा मल्लकालिन परम्परागत शैलीका चोकहरु हुनेछन् । ती चोकहरुले काठमाडौमा लोप हुँन गइरहेको पुरातात्विक चोकहरुको पूर्ण स्वरुप झल्कने गरी डिजाइन गरिएको महानगरले जानकारी दिएको छ । मोहडाको दोस्रो भागमा लिच्छवीकालिन शैलीको डिजाइन अनुसार तयार पारिएको छ । यो भवन साढे ६ तल्लाको हुनेछ । त्यस्तै तेस्रो भागमा महानगरपालिकाको छुट्टै पहिचान दिने भ्यू टावर पनि निर्माण गरिएको छ । १५ तल्लाको माथिल्लो तल्लाबाट उपत्यका लगायतका विभिन्न हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने र विपद व्यवस्थापनका लागि बाइनाकुलर मार्फत महानगरपालिकाका घटनाक्रमहरु अवलोकन गरी विपद न्युनिकरण गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ । भवनभित्र सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन तयार पारिएको छ । डिजाइनमा प्रदर्शनी हल, पुस्तकालय, लिफ्टको पनि व्यवस्था गरिएको छ । नयाँ बन्ने भवन अपाङ्ग मैत्री रहेको छ । यसमा अपाङ्गमैत्री र्‍याम्प र पार्किङको पनि व्यवस्था छ । त्यस्तै दृष्टिविहिनहरुका लागि फ्लोरहरुमा सांकेतिक टाईलको व्यवस्था गरिने छ भने लाइब्रेरीमा ब्रेल लिपि पुस्तकहरुको पनि व्यवस्था गरिने महानगरपालिकाले जानकारी दिएको छ । पार्किङ महानगरपालिकाका अनुसार पार्किङका सम्बन्धमा भूमिगत तल्लामा १ सय वटा गाडी र १ सय वटा मोटरसाइकल अट्ने सुविधा राखिनेछ । जसमा भविष्यमा अर्को १ तल्ला गाडीको पार्किङ थप्न मिल्ने पनि व्यवस्था गरिनेछ । ग्राउण्डमा भने ५० वटा गाडी र करिब २ सय वटा मोटरसाइकल अट्न सक्ने पार्किङको पनि सुविधा रहनेछ । संग्राहलय भवनमा काठमाडौं महानगरपालिका भित्रका पौराणिक कालदेखि लोप हुँदै गएका सम्पदा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्राहलयको पनि व्यवस्था गरिनेछ। उक्त संग्राहलय सर्वसाधारणका लागि पनि खुला गरिने महानगरले जानकारी दिएको छ ।