सांग्रिला बैंकको समिक्षा भेला सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रमुखहरुको २ दिने समिक्षा भेला सम्पन्न गरेको छ । बैंकले आर्थिक बर्ष २०७३ र ७४ को समिक्षा भेला साउन ७ र ८ गते पोखरामा गरेको थियो। बैकका बिभिन्न बिभागीय प्रमुख क्षेत्रीय प्रबन्धक र शाखा प्रमुुख गरी ४५ जना कर्मचारीको सहभागीतामा प्रशिक्षण तथा समिक्षा कार्यक्रम आयोजना गरेको जनाएको छ । प्रशिक्षण कार्यक्रममा बैंकका नायब प्रमुुख कार्यकारी अधिकृत दिनेश थकालीले बैंकको गत आर्थिक बर्षको समिक्षा गर्नुुको साथै बैंकको भावी योजना तथा रणनीतिको बारेमा प्रष्ट पारेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई जारी गरेको परिमार्जित निर्देशनको बारेमा नेपाल राष्ट्र बैंकका उप-निर्देशक शरण कुुमार अधिकारीले प्रशिक्षण दिएका हुन् । कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यल पनि प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष प्रा डा रविन्द्र प्रसाद श्रेष्ठ, संचालक शिवलाल मल्लले बैकको वर्तमान अवस्था र भावी कार्यक्रममाथि प्रकाश पारेका थिए । बैंकले आर्थिक बर्ष २०७३ र ७४ मा १३ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । ११ अर्ब ६६ करोड कर्जा प्रवाह गरि करिब ५४ करोड १ लाख रुपैयाँ संचालन मुनाफा कमाएको छ ।  

एनआईसी एशिया बैंकद्धारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त बाटिकामा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको हो । साथै, सोहि अवसर पारेर बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिई थापाथली स्थित आफ्नो रजिष्टार्ड कार्यालय भएको भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जस्मा करीब १५० जना रक्तदाताले रक्तदान गरि सहयोग गरे । बैंकले हालै देश भरि फैलिएको आफ्नो शाखा संजाल मार्फत देशको विभिन्न स्थानहरुमा करिब ८००० विरुवाहरुको वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको थियो । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न थप योगदान पुग्ने विश्वास पनि बैंकले लिएको छ ।

कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने

कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ ।  सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो । यूलेन्स स्कूलमा अध्ययनरत ४२  विद्यार्थीहरुलाई जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा लेजाने बताईएको छ । भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गराउने जानकारी उक्त जारि प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्ने गरेको बताइएको छ । विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथ सोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाटर, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवलोकन गर्ने जानकारी दिइएको छ । ओशो ट्राभल्ससंगको सहकार्यमा सन् २०१७ का लागि विश्वकै सर्वोत्कृष्ट एयरलाइन घोषित कतार एयरवेज मार्फत भ्रमण दल अमेरिका घुम्ने एयरवेजले जनाएको  छ । कतार एयरवेजसंग आफ्ना विद्यार्थीलाई नयाँ स्थान र नयाँ ज्ञानका लागि भ्रमणमा लाने क्रममा स्मरणिय एन फ्लाइट प्रदान गर्न पाउँदा यूल्लेन्स स्कूल अत्यन्त प्रशन्न रहेको विद्यालयले जानकरी दिएको छ । कतार एयरवेजले न्यू योर्क, एट्लान्टा, वासिंटन डीसी, बोस्टन, सिकागो, हुस्टन, डल्लास, मियामी, लस एन्जेलस, फिलाडेल्फिया गरी १० शहरमा दैनिक उडान भर्ने गरेको एयरवेजले जनाइएको छ ।