स्प्राईटको रोमान्चक अफर अन्तर्गत सामसुङ ग्यालेक्सी जे२ प्रोका बिजेताहरु सार्वजनिक
काठमाडौं । स्प्राईटको रोमान्चक अफर अन्तर्गत हालसम्मका सामसुङ ग्यालेक्सी जे२ प्रो र अन्य उपहारका बिजेताहरु सार्वजनिक भएको छ । यस अन्तर्गत करिब २०० सय भन्दा बढीले मोबाईल जितीसकेको कम्पनीले जनाएको छ । साथै, कम्पनीका अनुसार यो अफर श्रावण १४ गतेसम्म रहने छ ।
नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई
काठमाडौं । वल्र्ड टेक्वान्डो क्याम्पियनसिपमा भाग लिने नेपाली तेक्वान्डो खेलाडीहरुलाई जगदम्बा स्टिलको विजयी शुभकामना सहित बिदाई गरेको छ । यही जून २४ देखि जुलाई ७ तारिखसम्म कोरियामा हुन गइरहेको वल्र्ड टेक्वान्डो क्याम्पियनसिप जान लागेका खेलाडीलाई सो कम्पनीले विदाई गरेको हो । थर्ड एसियन पारा टेक्वान्डो क्याम्पियनसिप र चुनचिवन, कोरिया ओपन इन्टरनेशनल टेक्वान्डो क्याम्पियनसिपमा भाग लिनको लागि छनोट भई कोरिया लागेका राष्ट्रिय तेक्वान्डो खेलाडी टोलीलाई जगदम्बा स्टिलले एक समारोह आयोजना गरि बिदाई कार्यक्रम सम्पन्न गरेको हो । ललितपुर महानगरपालिकामा आयोजित उक्त शुभकामना सहित बिदाई कार्यक्रमका प्रमुख अथिति चिरिबाबु महर्जनले सहभागी खेलाडीहरु तथा प्रशिक्षकहरुलाई खादा ओढाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा टोलीको अभ्यास तयारी तथा सहभागिताका बारेमा पनि प्रकाश पारिएको थियो । सम्पूर्ण खेलाडीहरुको सफलताको कामना गर्दै बिदाई कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
चन्द्रागिरि हिल्सले सार्वजनिक गर्यो भिडियो विज्ञापन(भिडियो सहित)
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथ साथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशनतथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकाबीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । उक्त कार्यक्रममा चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याती प्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए । कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका छन् । संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशतमात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका छन् । विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । कलाकार दिपकराज गिरि र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । (भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्) चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।