जनता बैंकले सिद्धार्थ डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित, चुक्ता पूँजी ६ अर्ब नाघ्ने

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गर्नेे प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न सिद्धार्थ डेभलपमेण्ट बैंकको विशेष साधारण सभाले पारित गरेको हो । साथै, दुबै संस्था एक्विजिशन पश्चात जनता बैंक नेपालको नामबाट एकिकृत कारोवार शुरु हुने छ । उक्त एक्विजिशन पश्चात बनेको जनता बैंक नेपालको स्वाप रेसियो एक बराबर एक रहेको बैंकले जनाएको छ । एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको चुक्ता पूँजी ६ अर्ब ०६ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । सिद्धार्थ डेभलपमेण्ट बैंकले निश्कासन गरेको ६० प्रतिशत हकप्रद शेयर बापतको रकम ८५ करोड १५ लाख रुपैयाँ बिक्री पश्चात बैंकको कुल शेयर पूँजी जम्मा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशनुसारको ८ अर्ब रुपैयाँ चुक्ता पूँजी सजिलै पुग्ने बैंकको दावी छ । साथै सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट राम बहादुर भण्डारी , रतन लाल अग्रवाल र उद्धव चन्द्र गौतम तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. को निर्विरोध चयन गरेको छ ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नयाँ शाखा रुपन्देही जिल्लाको बुटवलमा

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले शुक्रबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुरुवात गरेको छ । बैंकले त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका छन् । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ४५ वटा शाखा सञ्जालहरुर १२ वटा एटिएमबाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ । यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, लकर, मोबाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

यति एयरलाइन्सको दिगो विकास लक्ष्य अभियान अन्तर्गत बस सेवा सुचारु

काठमाडौं । यति एयरलाइन्सले नेपालमा जनचेतनाका लागि संयुक्त राष्ट्रसंघको साझेदारीमा दिगो विकास लक्ष्य अभियान बिहिबारदेखि शुभारम्भ गरेको छ । यस अभियान अन्तर्गत एयरलाइन्सले आफ्नो दुईवटा एयरर्पोट सटल बसहरुमा १७ वटा दिगो विकास लक्ष्यहरु सहितका फलाएरस तथा लिफ्लेटहरु उपलब्ध गराएको छ । यी प्रचार सामग्रीको माध्यमबाट यात्रुहरुलाई यात्राका दैरान दिगो विकास लक्ष्यका बारेमा सूचित हुन सहयोग पुग्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आन्तरिक उडड्यन परिचालन क्षेत्रमा दिगो विकास लक्ष्य अंकित गाडीहरु अनावरण गर्दै यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले यो अभियान संयुक्त राष्ट्र संघसंग यति एयरलाइन्सको साझेदारीको एउटा सुखद सुरुवात भएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघमा नेपाल सहितका सदस्य राष्ट्रहरुले सेप्टेम्बर २०१५ मा अवलम्बन गरेको दिगो विकास लक्ष्य अभियान अन्र्तगत गरिबीका सम्पूर्ण आयम र स्वरुपलाई सन् २०३० सम्ममा विश्वबाट अन्त्य गर्दै विश्वलाई समता मुलक, सुरक्षित र सम्मुनत समाज बनाउने एउटा अन्तर्राष्ट्रिय समझदारी हो । दिगो विकास लक्ष्यहरु प्राप्ति गर्नका लागि नीजि क्षेत्रको स्रोत, साधन र प्रविधि परिचालन गर्न सक्ने विशिष्ट क्षमतालाई महशुस गर्दै नीजि क्षेत्रलाई दिगो विकास लक्ष्यको कार्यान्वयनकालागि प्रमुख साझेदारीका रुपमा लिइएको छ । संयुक्त राष्ट्र संघका नेपाल निर्देशक रेनाउट मेयरले नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्नो नयाँ साझेदार यति एयरलाइन्सले जनचेतना जगाउन गरेको रचनात्मक प्रयोगबाट संयुक्त राष्ट्रसंघले खुशी अनुभुती गरेको कुरा व्यक्त गरे । उनले यस्तो अग्रसरताहरुले आमजनसमुदायमा दिगो विकास लक्ष्यका बारेमा दिगो जनचेतना, साझेदारी र सहकार्य बढाउन मदत गर्ने कुरा उल्लेख गरे । यति एयरलाइन्ससंगको यो साझेदारी बाहेक संयुक्त राष्ट्रसंघ र यति एयरलाइन्सले नागरिक उडड्यन र पर्यटन क्षेत्रमा दिगो व्यापार अभिबृद्धिका लागि संयक्त रुपमा व्यवसायीक नमुनाहरुको अनवेषण प्रयोग र प्रवद्धनका लागि सहकार्य गर्नेछन् जसबाट नेपाललाई दिगो विकास लक्ष्य अभियान अन्र्तगतका जलवायु परिवर्तन, गरिबी न्यूनीकरण, लैङ्किक समानता अन्तर्गतका दिगो विकास लक्ष्यको केहि र्निदष्ट सुचांकहरुमा सफलता मिल्ने छ ।