आफ्नो मताधिकार प्रयोग गर्दै व्यवसायी चन्द्रप्रसाद ढकाल

मतदान गर्दै : नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् व्यवसायी चन्द्रप्रसाद ढकाल काठमाडौंस्थित विशालनगर मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गर्दै ।

जियोनीको नयाँ स्मार्टफोन एस १० को तस्वीरहरु लिक, चारवटा क्यामरा सहित

चीनको चर्चित स्मार्टफोन निर्माता कम्पनी जियोनीले चाडै नै एस १० सार्वजनिक गर्दैछ । भर्खरै मात्र यो स्मार्टफोनको तस्वीरहरु लिक भएका छन् । जसलाई आधार मानेर यसको नयाँ क्यामराको बारेमा चर्चा भइरहेको छ । यी तस्वीरहरुमा स्मार्टफोनको गोल्ड भेरियन्ट देखिन्छ । खासमा यो स्मार्टफोनमा चारवटा क्यामरा भएको अड्कल गरिएको छ । जियोनी एस १०को पछाडी दुई क्यामरा देखिन्छन्, जसले गर्दा अगाडी पनि दुईवटा हुनसक्ने अनुमान गरिएको छ । विभिन्न रिपोर्टहरुका अनुसार ड्युअल फ्रन्ट क्यामरा सेटअपमा २० मेगापिक्सलको साथमा आठ मेगापिक्सलको पनि क्यामरा हुनसक्छ । सोही स्मार्टफोनको पछाडी एउटा क्यामरा १६ मेगापिक्सल र अर्को आठ मेगापिक्सलको हुनसक्छ । केहि रिपोर्टका अनुसार भने यसको फ्रन्टमा दुई वटा क्यामरा हुनसक्ने र पछाडी एउटा मात्र क्यामरा हुनसक्छ । अर्को फिचरको कुरा गर्दा फोनमा ५.५ इञ्चको डिस्प्ले र यसको रिसोलुसन १९२०8*१०८० पिक्सल छ । फोनमा चार जिबी र्‍याम हुनसक्छ । मोबाइलमा इन्टरनेट स्टोरेज ६४ हुनसक्ने अनुमान छ । फोनको ब्याट्री भने ३४५० एमएएच क्षमताको हुने नवभारतटाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।

माछापुच्छ्रे बैंकको दुलेगौडा शाखा स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुलेगौडा शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । बैंकले वैशाख २४ गते आईतबारका दिन देखि संचालनमा आउने गरि उक्त शाखा सञ्चालनमा ल्याएको हो । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीले गरेका छन् । स्तान्तरित शाखाबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । ६ अर्व ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले १ अर्ब ५१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।