सदनमा मौन, बाहिर प्रधानमन्त्रीको बचाउ गर्दै बोले रवि
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र साहसँगै उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदनमा एक शब्द पनि बोलेनन् । तर संसद् भवनबाट बाहिरिएलगत्तै उनले सञ्चारकर्मीमाझ प्रधानमन्त्रीको बचाउ गर्दै संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले उपयुक्त समयमा दिने दावी गरे । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री साह लामो अन्तरालपछि उपस्थित भएका थिए । प्रधानमन्त्रीसँगै सदनमा प्रवेश गरेका लामिछाने करिब २० मिनेटपछि प्रधानमन्त्रीसँगै बाहिरिएका थिए । विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ मागिरहेका बेला दुवै नेताले सदनमा कुनै सम्बोधन नगरेपछि राजनीतिक रूपमा त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीले आफू किन नबोलेको भन्ने जिज्ञाशामा लामिछानेले हरेक बैठकमा सबै सांसदले बोल्नैपर्ने बाध्यता नरहेको बताए । उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै उठाइएका प्रश्नबारे भने, ‘प्रधानमन्त्रीले आवश्यक परेको बेला सदनमा उठेका सबै प्रश्नको जवाफ दिनुहुन्छ ।’ प्रतिपक्षले सरकारमाथि विभिन्न विषयमा जवाफदेहिताको दबाब बढाइरहेका बेला प्रधानमन्त्री र सत्ताढ दलका शीर्ष नेताले सदनमा मौनता रोज्नु र त्यसपछि बाहिरबाट मात्रै प्रतिक्रिया दिनुलाई संसद्को भूमिकामाथि थप बहसको विषय बनाएको छ ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक मंगलबार (आज) पौने पाँचबजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । चारबजे बस्ने भनिएको बैठक ढिलागरी सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
संसद बैठकमा केही बेर बसेर बाहिरिए रवि-बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाह मंगलबार प्रतिनिधिसभा बैठकमा एक्कासि उपस्थित भए पनि केही बेर कसेर संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगै संसद् बैठकमा पुगेका थिए । प्रधानमन्त्री शाह र रवि बैठकमा छोटो समय मात्रै बसेर बाहिरिएका हुन् । उनले संसद्मा कुनै सम्बोधन गर्ने वा अन्य कार्यसूची नरहेको संसद् सचिवालयले जनाएको छ । यसअघि जेठ १७ गते प्रतिनिधिसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री शाह संसद् बैठकमा नियमित रूपमा उपस्थित भएका थिएनन् । त्यसयता लगातार अनुपस्थित रहेका उनी मंगलबार अचानक संसद् भवन पुगेपछि सांसदहरूको ध्यान उनीतर्फ केन्द्रित भएको थियो । पछिल्ला केही बैठकमा प्रधानमन्त्री अनुपस्थित रहँदै आएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले सरकारको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको र बैठक छल्ने प्रवृत्ति देखिएको भन्दै उनीहरूले निरन्तर प्रश्न उठाउँदै आएका थिए । यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहको आजको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिए पनि उनी छोटो समयमै बैठकबाट बाहिरिएपछि त्यसले थप चासो बढाएको छ । उता, रास्वपा सभापति लामिछानेले भने प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी गरेका छन् ।