सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबारको नेप्सेमा ८ अंकको गिरावट

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । केही दिन यता देखि निरन्तर ओरालो लागेको बजार बिहीबार पनि ८ अंकले ओरालो लागेको छ । त्यस्तै, नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबारको बजारमा ९२ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस मध्ये नागरिक लगानी कोषको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ हजार ७३० रुपैयाँ रहेको छ । बजारमा १६१ कम्पनीको २० लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्ते, समूह परिसूचका आधारमा उत्पादनमूलक र फाइनान्स समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६ अंकले ओरालो लागेको छ । बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य ९.७८ प्रतिशतले घटेको छ । त्यस्तै, लक्ष्मी भ्यालू फण्ड १को पनि ९.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहीबार यस फण्डको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ रहेको छ ।

हिमालयन पावर पार्टनरको एक करोड ६ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । हिमालयन पावर पार्टनरको एक करोड ६ लाख ५४ हजार १७० कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको साे मात्राकाे साधारण सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत भएको हो ।

एकैदिन दुई बैंकको दुई करोड २७ लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति?

काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको दुई करोड २७ लाख ४६ हजार कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार मात्रै जनता बैंक नेपालको साधारण सेयर र जनउत्थान सामूदायिक लघुवित्त विकास बैंकको बोनस सेयर गरी सो मात्राकोसेयर सूचिकृत भएको हो । बजारमा जनता बैंक नेपालको २ करोड २७ लाख ६ हजार ६८१ कित्ता साधारण सेयर सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंक एक्वाएर पछि जनता बैंकको सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, जनउत्थान सामुदायिक विकास बैंकको ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।