५७ कम्पनीको साढे १४ अर्बको बोनस सेयर सुचिकृत, हेर्नुस् कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष शुरुभएपछि विभिन्न ५७ कम्पनीको १४ अर्ब ४१ करोड रुपैयाँ बढीको बोनस सेयर सुचिकृत भएको छ । कारोबारका लागि बोनस सेयर सुचिकृत हुनेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर सुचिकृत भएका छन् । सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । उसले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिएको छ । हालसम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले ११४ प्रतिशत बोनस दिएको छ । यस्तै कालिका माइक्रोक्रेडिट वित्तीय संस्था लिमिटेडको ६५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ । (थप क-कसको भयो? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
मंगलबारको बजारमा दोहोरो अंकको गिरावट, ३२ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १५.०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको दिनभरको बजारमा कुल १५९ कम्पनीका ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(सोमबार) २८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । बजारमा विभिन्न ९ समूहहरु कारोबारमा आएका थिए । सो मध्ये होटल समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् ।
सेन्ट्रल फाइनान्सले ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश दिने भएको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो । हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ । सोमबार सम्पन्न संस्थाको २४८औं सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिकाे प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।