सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २९५ रुपैयाँ मात्र
काठमाडौं । मंगलबार सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ४० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३३३ रुपैयाँ रहने छ ।
एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनस र १० लाख रुपैयाँको नगद लाभांश पारित
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत(अर्थात २ करोड २ लाख ५० हजार रुपैयाँ) बोनस दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई इन्स्योरेन्सको एकैदिन बसेको कम्पनीको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साथै, सोही सभाले सो मात्राको बोनस सेयर वापतको कर प्रयोजनको लागि १० लाख ६५ हजार ७८९ रुपैयाँको नगद लाभांश पनि पारित गरेको छ । त्यस्तै, उक्त प्रस्तावित बोनस सेयर पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुगेको छ । यस पूँजीको १ बराबर ६ (६०० प्रतिशत)का दरले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित भएको छ । यसैगरी कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएका छन् ।
२ अर्ब पुँजीको डिस होमले एक बर्षभित्रै आइपिओ जारी गर्ने
काठमाडौं । डिस होम लिमिटेडले एक बर्षभित्रै साधारण सेयर(आइपिओ) जारी गर्ने भएको छ । सर्वसाधारणलाई सेयर जारी गर्नकै लागि डिस होम कम्पनी असार १८ गते पब्लिक कम्पनीमा परिणत भएको थियो । डिस होम लिमिटेडको चुक्ता पुँजी २ अर्ब रुपैंयाँको रहेको छ । ‘कम्पनीको चुक्ता पुँजी २ अर्ब छ, सर्वसाधारणलाई सेयर जारी गर्नकै लागि हामी प्राइभेटबाट पब्लिक कम्पनीमा गएका हौं’, डिसहोमका बजार प्रमुख कल्याण अधिकारीले भने । आगामी एक बर्षभित्रै सर्वसाधारणलाई सेयर जारी गर्ने तयारीसहित कम्पनी अघि बढेको पनि उनले बताए ।‘भर्खरै पब्लिक भएका छौं, आगामी एक बर्षभित्रै सर्वसाधारणले डिस होमको सेयर किन्न पाउनेछन, अहिले नै कति मूल्यको सेयर जारी गर्ने भन्नेबारे एकिन भैसकेको छैन’, अधिकारीले भने । डिस होमले प्रिमियम मुल्यमा सेयर जारी गर्ने सम्भावना समेत रहेको छ । पछिल्लो समय आइएमई ग्रुपको संलग्नता भएका अधिकांश कम्पनीहरु पब्लिक लिमिटेड बनिरहेका छन् । यस अघि नै रेमिटेन्सको काम गर्ने आइएमई र चन्द्रागिरी हिल्स पनि पब्लिक लिमिटेडमा दर्ता भएका थिए । चन्द्रागिरी हिल्स लिमिटेडले पनि सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएको बताउँदै आएको छ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिस होमले नेपाल रहेका ग्राहकहरुमाझ गुणस्तरीउ सेवा प्रदान गर्दै आएको छ । सहर बजारदेखि ग्रामीण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एचडी तथा एस डी प्याकेज प्रदान गर्ने यो कम्पनी नेपालको भौगोलिक बनावठमा उपयुक्त रहेको हुनाले जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिन्छ । ध्वनी र दृश्य दुबै गुणस्तरीय भएको डिसहोमले सम्पूर्ण नेपाली च्यानलका साथमा अति लोकप्रिय विदेशी च्यानलहरु प्रसारण गर्दै आएको छ । डिसहोमले दिने सेवामा हरेक दिन नयाँ नयाँ नेपाली सिनेमा प्रदान गर्ने प्लस मूभि च्यानल, विद्धार्थीहरुका लागि एजुकेसन च्यानल तथा इन्टरटेन्टमेन्ट च्यानल समेत रहेका छन् ।