नेप्सेमा ३ करोड ६९ लाख कित्ता सेयर सूचिकृत, एक करोड २५ लाखको इकाई पनि

काठमाडौं । यस सातामा ३ करोड ६९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो अवधिमा विभिन्न चार वटा कम्पनीको हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा तीन कम्पनीको हकप्रद सेयर र बाँकी एक कम्पनीको साधारण सेयर सूचिकृत भएको छ । महाकाली विकास बैंकको एक लाख ४८ हजार २९२ कित्ता, लक्ष्मी बैंकको २ करोड ७९ लाख ०३ हजार ८७३ कित्ता र एनआईसि एशिया बैंकको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको २१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा थिपिएको छ । साथै, लक्ष्मी इक्विटी फण्डको एक करोड २५ लाख इकाई नेप्सेमा सूचिकृत भएको छ ।

नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाखको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल हाइड्रो डेभलपरलाई ३ करोड ९० लाख रुपैयाँको आइपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको ३ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । साथै, सो मात्राको आइपीओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

प्राइम कमर्सियलको ५३ लाख २८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । शुक्रबार मात्रै प्राइम कमर्सियल बैंकको ५३ लाख २८ हजार ७२१ कित्ता सेयर सूचिकृत भएको छ । बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्रश्चात कम्पनीको सो मात्राको सेयर सूचिकृत भएको हो ।