स्वदेशी लघुवित्तको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार नेप्सेले कम्पनीको सो मात्राको सेयर सूचिकृत गराएको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा साउन २७ गते, के के छन् प्रस्ताव?
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आगामी साउन २७ गते बोलाउने भएको छ । उक्त सभा सम्बन्धि निणर्य साउन १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । उक्त साभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने भएको छ । बोनस सेयर वितरण गर्दा कायम हुन आउने दशमलब पछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने कम्पनीले जनाएको छ । साथै, सोही सभाले २५ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीका अनुसार सभामा संस्थापक समूहबाट जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने निर्णय रहेको छ ।
माछापुच्छ्रे बैंकको विशेष साधारणसभा साउन २२ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । माछापुच्छ्रे बैंकको विशेष साधारणसभा आगामी साउन २२ गते हुने भएको छ । सो प्रयोजनको लागि साउन ९ गते बैंकको बुक क्लोज हुने भएको छ । उक्त सभा सम्बन्धि निर्णय असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । आगामी २२ गते बस्न लागेको विशेष साधारणसभामा बैंकले विभिन्न विशेष प्रस्तावहरु लैजाँदै छ । बैंकले साभामा हाल पोखराको कास्कीमा रहेको बैंकको रजिष्टार्ड(केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गर्ने प्रस्ताव लैजाँदै छ । त्यस्तै, बैंकको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा आश्वा प्रणाली लगायतका प्रणालीहरु अपनाई सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धि कार्य गर्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ । साथै, बैंकको सञ्चालक समितिको संरचानाममा परिवर्तन गरी संस्थापक समूहका शेयरधनीहरुबाट ४ जना, सर्वसाधारण समूहका शेयरधनीबाट २ जना र स्वतन्त्र (व्यवसायीक विशेषज्ञ) १ जना गरी कूल ७ जना सञ्चालक रहने गरी सञ्चालक समिति कायम गर्ने कम्पनीको प्रस्ताव रहेको छ । त्यस्तै, बैंकको स्वतन्त्र सञ्चालक एक कार्यकालका लागि मात्र नियुक्त हुन सक्ने व्यवस्था थप गर्ने बैंकले जनाएको छ ।