टुरिजम बैंकको ८२ हजार संस्थापक सेयर लिलामीमा

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले ८२ हजार ५२३ कित्ता सेयर लिलामी गर्ने भएको छ । यो बैंकले गत चैत १३ देखि बैशाख २६ सम्म खुला गरेको हकप्रद सेयरको विक्रीका लागि आवेदन नै नपरेका उक्त संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यो बैंकले यही असार २९ गतेदेखि साउन ५ गतेभित्र गोप्य शिलवन्दीमार्फत न्युनतन एक सय रुपैयाँ कबोल गरेर आवेदन पेश गर्न आग्रह गरेको छ । यो बैंकले उक्त संस्थापक सेयर बोलपत्रद्धारा विक्री गर्न विक्री प्रवन्धको रुपमा एनआईबीएल क्यापिटल मार्केट्सलाई बिक्री प्रवन्धक तोकिएको छ ।

नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, ४८ करोडको सेयर कारोबार

काठमाडौं । अघिल्लो दिनको तुलनामा बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । मंगबलार सामान्य ३ अंकले बढेको नेप्से बुधबार ९ दशमलब ७८ अंकले बढेर १५५१ अंकमा पुगेको छ । सो दिनको बजारमा ४८ करोड २९ लाख रुपैयाँ बढीको सेयर करोबार भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २०४९ रुपैयाँ रहेको छ । त्यस्तै, सबैभन्दा बढी रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ६ दशमलब ६२ प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८२१ रुपैयाँ रहेको छ । बुधबार बीमा समूहको परिसूचक ५० अंकले बढेको छ । हाइड्रोपावर, डेभलपमेन्ट बैंक, बैंकिङ , फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः २०, १४, ९, २ र ०.८६ अंकले हरिया भएका छन् । बाँकी होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ६ र ३ अंकले घटेका छन् ।

सेती फाइनान्स प्राप्तिको लागि सेञ्चुरी बैंकलाई सैद्धान्तिक सहमति प्राप्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति(एलओआई) प्राप्त गरेको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार गरिसकेको यस बैंकले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्विकृती पाइसकेको छ । त्यस्तै, बैंकले यस अघि नै अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न एलओआई प्राप्त गरिसकेको छ । यी प्राप्तीहरु पश्चात् सेञ्चुरी बैंकले ८ अर्बको पूँजीमा नपूग रकम चालु आ.व.को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् । बैंकले हालसम्ममा ५३ वटा शाखा, ३३ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।