तिनाउ विकास बैंकको ३१ हजार साधारण सेयर नै विकेन, असार २७ भित्रै आवेदन दिनुपर्ने गरी लिलामीमा

काठमाडौं । तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ । यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ । बैैंकले हकप्रद सेयरको विक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडको लागि धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक तोकेको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख कित्ता हकप्रद निष्कासन, असार २८ देखि आवेदन खुला

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले शत्प्रतिशतको हकप्रद सेयरको निष्कासन गरेको छ । यो वीमा कम्पनीले १ः१.६६ को अनुपात अर्थाता एउटा सेयर बजारबार नयाँ १.६६ कित्ता सेयर पाउने गरी हकप्रद निष्कासन गरेको हो । यसले एक रुपैयाँ दरका ६४ लाख २० हजार कित्ता हकप्रद निष्कासन गरेको छ । यो बीमा कम्पनीको सेयरमा आवेदन दिन यही असार १६ गतेसम्म कारोबार भएका सेयरधनीले मात्रै हकप्रद पाउने भएका छ । यसको हकप्रदको लागि यही असार २८ देखि साउन ३१ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको आवेदन एनएमबी क्यापिटल लिमिटेड र एनएमबी बैंकबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

साउनदेखि घरैबाट आईपीओमा आवेदन, शुल्क निर्धारको तयारीमा

काठमाडौ । पुँजीबजारका लगानीकर्ताले साउनदेखि आश्वा प्रणाली मार्फत घरबाटै आइपीओमा आवेदन दिन पाउने भएका छन् । प्रत्येक आवेदकले १० कित्ता सेयर अनिवार्य पाउनुका साथै एकपटक आइपीओ भरेपछि एउटै कोड नम्बरको भरमा घरैबाट आवेदन दिन पाउने भएका छन् । पछिल्लो समय पुँजीबजारलाई स्वचालित बनाउँन सबै सेयर अभौतिकरण गरी अनिवार्य रुपमा हितग्राही खातामा ल्याउनुपर्ने व्यवस्थाले यस्तो सुविधा सम्भव हुने भएको हो । केन्द्रिय नेक्षेप प्रणाली (सीडीएस एण्ड क्यिरिङ) लिमिटेडले सी आश्वा नामक सफ्टवेयर निर्माण गरी लगानीकर्तालाई यस्तो सुविधा दिन लागेको हो । अभियान दैनिकबाट ।