दुई कम्पनीको हकप्रद सेयर भर्ने म्याद अब दुई दिन मात्र बाँकी, हेरौँ कुन कुन को बाँकी?
काठमाडौं । हाम्रो विकास बैंक र गोर्खाज फाइनान्स गरी दुई कम्पनीको हकप्रद सेयर भर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ । हाम्रो विकास बैंकले गत जेठ ७ गतेदेखि २०० कित्ता हकप्रद सेयर निष्काशन गर्दै आएको छ । बैंकले सोही दिन देखि १ बराबर २को अनुपातमा प्रतिशेयर १०० रुपैयाका दरले ३० लाख ५८ हजार ३३८ कित्ता हकप्रद जारी गर्दै आएको हो । त्यस्तै, गोर्खाज फाइनान्सले पनि गत जेठ १ गतेदेखि ५० कित्ता हकप्रद सेयर निष्काशन गर्दै आएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा प्रतिशेयर १०० रुपैयाका दरले २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद जारी गर्दै आएको हो । दुबै कम्पनीले असार ११ गतेसम्म सो मात्राको हकप्रदको बिक्री खुल्ला गर्ने निर्णय गरेका छन् । कम्पनीले तोकेको समय अनुसार सेयर भर्ने म्याद अब जम्मा दुई दिन मात्र बाँकी रहेको छ । इच्छुक सेयरधनीले आइतबार(असार ११गते) बैंकिङ समय भित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, यी दुबै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा काठमाडौंको लाजिम्पाटमा रहेको एनआइबीएल क्यापिटल रहेको छ ।
लक्ष्मी बैंकको ३ लाख ९४ हजार कित्ता साधारण सेयर लिलामीमा
काठमाडौं । लक्ष्मी बैैंक लिमिटेडको सर्वसाधारण तर्फको ३ लाख ९४ हजार ९३९ कित्ता सेयर लालामीमा विक्री गरिने भएको छ । यो बैैंकले यही बैशाख ३ देखि जेठ ७ गतेसम्म मागेको निष्कासन गरेको हकप्रद सेयर वितरणमा सर्वसाधारण तर्फको उक्त सेयर विक्री नभएपछि लिलामीमा राखेको हो । यो बैैंकले यही असार १६ देखि २३ गतेसम्म न्युनतम १ सय रुपैयाँ कबोल गरेर शिलवन्दी पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो ।
भार्गव विकास बैंकको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल नियुक्त
काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिहीबार बैंकले २१ लाख १२ हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि काठमाडौंको नागपोखरीमा रहेको उक्त क्यापिटलाई बिक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता गरेको हो । उक्त कार्यका लागि भार्गव विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशी तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै, एनएमबि क्यापिटलले निकट भविष्यमा बैंकको उक्त हकप्रद शेयर निष्काशन गर्ने बताएको छ ।