नेशनल हाइड्रोको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर कारोबार रोक्न निर्देशन दिएसँगै नेप्सेले मंगलबारदेखि कारोबार रोक्का गरिदिएको हो । सञ्चालकहरुका बिचमा आधिकारीकता विवाद उत्पन्न भएर कम्पनी नै लथालिंग अवस्थमा पुगेकाले सेयर कारोबार रोकेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘सञ्चालकहरुको मनमुटाबले कम्पनी आफैं लथालिंग अवस्थमा पुगेको छ, दोश्रो बजारका लगानी कर्तालाई डुब्नबाट जोगाउन सेयर कारोबार रोकेका हौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । नेशनल हाइड्रोको सेयर १३५ रुपैंयाँमा कारोबार भैरहेको थियो ।

नेप्से २० अंकले झर्यो, सबै समूह राताम्मे

काठमाडौं । नेप्से परिसूचक २० अंकले ओरालो लागेको छ । सोमबार नेप्से दोहोरो अंकले ओरालो लागेर १५५५ दशमलब १६ अंकमा अडेको छ । सो दिन ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १३७ कम्पनीको ८ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४२ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, विकास बैंक, बैंकिङ, हाइड्रो, होटल र फाइनान्स समूहको परिसूचक क्रमशः २३, २१, २०, १८, १६ र १० अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक भने सामान्य २ अंकले घटेको छ ।

नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेको इन्स्योरेन्सको ३८ लाख ८८ हजार ५२३ कित्ता सेयर सूचिकृत भएको छ । सोमबार मात्रै कम्पनीको ३२ लाख ४० हजार कित्ता बोनस र ६ लाख ४८ हजार कित्ता हकप्रद सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो ।