नेप्सेमा एकै दिन ९९ लाख कित्ता बोनस सेयर सूचिकृत, सबैभन्दा बढी ग्लोबल आईएमईको

काठमाडौं । बुधबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज ( नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकको एकैदिन ९९ लाख ४ हजार ४२८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । दुई कम्पनी मध्ये ग्लोबल आईएमई बैंकको सबैभन्दा बढी सेयर सूचिकृत भएको छ । ग्लोबल आईएमईको ९८ लाख ६२ हजार ८२८ कित्ता र माउन्ट मकालुको ४१ हजार ६ सय कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

महाकाली विकास बैंकको एक लाख २० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । बुधबार महाकाली विकास बैंक लिमिटेडको एक लाख २० हजार ५८६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १३ करोड १४ लाख रुपैयाँ रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ३०४ रुपैयाँमा कारोबार भइरहेको छ ।

राधी विद्युत कम्पनीले ७ लाख कित्ता आइपीओको लागि माग्यो बोर्डको अनुमति

काठमाडौं । राधी विद्युत कम्पनी लि. ले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।