नेपाल ल्यूब आयलले २५ प्रतिशत नगद लाभांश दिने, पुस ५ गतेदेखि बुक क्लोज

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ५ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।

प्राइम कमर्सियल बैंकको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ ।

८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।