ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

काठमाडौं । ग्लोबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा भएको छ । फण्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ५ प्रतिशत अर्थात ५ करोड १२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव असोज १५ गते बसेको ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो । त्यस्तै, यो योजनाको इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज सम्बन्धी सूचना भने पछि प्रकाशित गरिने क्यापिटलले जानकारी गराएको छ ।

माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनी, कसको स्वामित्व कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकमा २० जना सेयरधनीकाे सबैभन्दा बढी सेयर स्वामित्व देखिएकाे छ । बैंकको वार्षिक प्रतिवेदनका अनुसार २० जना सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत सेयर स्वामित्व छ । ०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका २० सेयरधनीहरुको बैंकमा ५३.३३ प्रतिशत अर्थात् ५ अर्ब ४६ करोड ९८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व छ । बैंकमा सबैभन्दा धेरै सेयर सुरेन्द्र महतोको रहेको छ । महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँको सेयर स्वामित्व रहेको छ । त्यसैगरी, दोस्रोमा उपेन्द्र महतोको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँ सेयर स्वामित्व रहेको छ । त्यस्तै, प्रेम कुमारी के.सीको ८.६८ प्रतिशत अर्थात् ८९ करोड १ लाख ५ हजार रुपैयाँ, पिकेआर इन्भेष्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात् ६५ करोड १३ लाख ६० हजार रुपैयाँ, राम आशिष साहू सुदीको ४.२४ प्रतिशत अर्थात् ४३ करोड ४४ लाख २ हजार रुपैयाँ, कृष्ण गोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात् २१ करोड १६ लाख ६९ हजार रुपैयाँ र डा. धर्म राज श्रेष्ठको १.५६ प्रतिशत अर्थात् १५ करोड ९५ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । यस्तै, किरण केसीको १.४६ प्रतिशत अर्थात् १४ करोड ९३ लाख १८ हजार रुपैयाँ, प्रकाश केसीको १.२९ प्रतिशत अर्थात् १३ करोड २६ लाख ४२ हजार रुपैयाँ, रोशन केसीको १.१४ प्रतिशत अर्थात् ११ करोड ६६ लाख ३ हजार रुपैयाँ, करण मोटर कम्पनी प्रा.लि.को १.१२ प्रतिशत अर्थात् ११ करोड ५२ लाख ५७ हजार रुपैयाँ, राम जानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सम्लायर्स प्रा.लि.को ०.९९ प्रतिशत अर्थात् १० करोड १८ लाख ६२ हजार रुपैयाँ र एशोसियटेड अटोमोबाइल्स प्रा.लि.को ०.८३ प्रतिशत अर्थात् ८ करोड ४६ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व बैंकमा रहेको छ । त्यस्तै, गणेश बहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ७ करोड ५० लाख ७ जार रुपैयाँ, श्री हिमालयन इन्टरप्राइजेज प्रा.लि.को ०.६१ प्रतिशत अर्थात् ६ करोड २९ लाख २४ हजार रुपैयाँ, बिरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात् ६ करोड १७ लाख २४ हजार रुपैयाँ, प्रनेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात् ५ करोड ६७ लाख ६९ हजार रुपैयाँ, राजन लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड ३३ लाख ४४ हजार रुपैयाँ, दिनेश लाल श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ५ करोड २१ लख ७० हजार रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।

फ्रि ब्यालेन्स यकिन गरेर मात्रै सेयर बिक्री गर्न सिडिएसको आग्रह

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्गलि लिमिटेडले मेरो सेयरमा फ्रि ब्यालेन्स रहेको यकिन गरेर मात्रै सेयर बिक्री गर्न लगानीकर्तालाई आग्रह गरेको छ । वल्र्ड इन्भेस्टर विक–२०२३का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सिडिएसले फ्रि ब्यालेन्स मात्र बिक्री गर्न मिल्ने हुँदा मेरो सेयरमा फ्रि ब्यालेन्स रहेको यकिन गरि बिक्री गर्नु पर्ने र तोकिएको समयभित्र ई डीआईएस गरिसक्नु पर्ने बताएको हो । अन्यथा क्लोजआउट वापत २० प्रतिशत जरिवाना तिर्न पर्ने सिडिएसको भनाइ छ । त्यस्तै, कारोबार गरेको भोलिपल्ट (टी प्लस वान)भित्र ईडीआईएस गरि आफूले बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नुपर्नेछ । त्यस्तै धितोपत्र कारोबारको राफसाफ फछ्र्यौट टी प्लस टु हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरिद गरेबराबरको रकम निर्धारित समयमा जम्मा गरिसक्नुपर्ने हुन्छ । पूँजीगत लाभकर गणनाका लागि आफुले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्नु अघि भारित औषत लागत तथा क्जयचत(तभचm, ीयलन(त्भचm ज्यमिष्लन गणना गर्नु पर्ने हुन्छ । हितग्राही खाता तथा मेरोसेयर प्रत्येक बर्ष नविकरण गर्नु पर्ने सिडिएसको भनाइ छ । मेरोसेयरको युजरनेम र पासवर्ड लगायत हितग्राही खातासँग सम्बन्धीत विवरण गोप्य राखि सिडिएससिको आधिकारिक प्रणाली मात्र प्रयोग गर्न आग्रह गरेको छ । धितोपत्रको सार्वजनिक निश्कासनमा एक भन्दा बढि हितग्राही खाता बाट आबेदन गर्न नहुने, घरायसि तथा मृत्यु नामसारी गर्दा सम्बन्धीत निक्षेप सदस्य मार्फत आवश्यक कागजात रुजु गराई सोहि निक्षेप सदस्य मार्फत प्रकृया अगाडि बढाउनु पर्ने हुन्छ ।