नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार कूल ९३ लाख ८२ हजार चार सय ४० कित्ता शेयर तीन अर्ब ३९ करोड छ लाख ६० हजार छ सय पाँच रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड ७५ लाख ९३ हजार तीन सय ४८ रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ । त्यस्तै, सोल्टी होटल १७ करोढ ९२ लाख ९४ हजार पाँच सय ६१ रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १६ करोड १५ लाख नौ हजार रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी ११ करोड ८४ लाख ४८ हजार पाँच सय १४ रुपैयाँ र चिलिमे आइड्रोपावर कम्पनी सात करोड ५० लाख ९० हजार नौ सय ८५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, एनएमबी बैंकको ऋणपत्र र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलव ९४, सिटिजन म्युचुअल फण्ड पहिलो सात दशमलव ९८ र सानिमा लार्ज क्यापका लगानीकर्ताले सात दशमलव ८३ प्रतिशतले कमाएका छन् । पिपल्स हाइड्रोपावर छ दशमलव शुन्य पाँच, हिमालयन पावर पार्टनर पाँच दशमलव ८३, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ८३, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव ५६ र रिडी पावरका लगानीकर्ताले पाँच दशमलव ५३ प्रतिशतले गुमाएका छन् । आजको कारोबारपछि बजार पूँजीकरण ३० खर्ब ६४ अर्ब ६४ करोड ९१ लाख ७३ हजार एक सय २९ बराबर रहेको छ ।
बरुण हाइड्रोले डाक्यो विशेष साधारण सभा, १ सय प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १४ गते काठमाडौंमा दिउँसो १ बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले साउन ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ४ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।
६६ प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम चक्ता पूँजीको ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको असार २७ गते बसेको बैठकले साउन १५ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् १० सेयर बराबर ६.६ को अनुपातमा हप्रद सेयर जारी गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड १२ लाख ७५ हजार रुपैयाँबाट वृद्धि गरी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार रुपैयाँ पुर्याइनेछ । विशेष साधारण सभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन ७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।