नेप्सेमा १५ बैंकको साढे १४ करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, नबिल बैंक, प्रभु बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र साविकका सिभिल बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यी सबैको बैंकको गरी कूल १४ करोड ४० लाख ९६ हजार ९०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल एसबिआई बैंकको ३ प्रतिशत बोनस वापतक २९ लाख ४७ हजार ७५५.९३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिद्धार्थ बैंकको १२.५० प्रतिशत बोनस वापतको १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नबिल बैंकको १८.५० प्रतिशत बोनस वापतको ४ करोड २२ लाख ४० हजार ८८१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविक सेञ्चुरी कमर्सियल बैंकको ४.७५ प्रतिशत बोनस सेयर वापत ४५ लाख ३८ हजार १०६.८७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु बैंकको ६.५० प्रतिशत बोनस सेयर वापत ८२ लाख ६० हजार ६५७.७१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद गरी कूल ८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सानिमा बैंकको १० प्रतिशत बोनस वापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एभरेष्ट बैंकको १३ प्रतिशत बोनस वापतको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर वापत १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस वापतको ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ प्रतिशत बोनस वापतको ७३ लाख २३ हजार १६.५३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९२१.९५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको मेगा बैंकको ४ प्रतिशत बोनस सेयर वापतको ६४ लाख ४८ हजार १८४.५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बानेस सेयर र कर प्रयोजनार्थ ३.७९ प्रतिशत नगद गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको बैंक अफ काठमाण्डूको ६ प्रतिशत बोनस वापतको ६३ लाख ७४ हजार ३९६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ३.३६६३ प्रतिशत बोनस वापतको ३७ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ७.६३३७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो ।
ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै, दिपक भट्टको पनि १५ प्रतिशत सेयर
काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जमा देशका ठूला उद्योगी व्यवसायीहरु आवद्ध भएका छन् । हिमालयन स्टक एक्सचेन्ज नेपाल धितोपत्र बोर्डमा दर्ता भएसँगै त्यसमा देशका ठूला उद्योगी व्यवसायीहरुको सेयर देखिएको हो । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । विशेष गरेर उनी ठेक्कापट्टा मिलाउनमा सक्रिय रहेको बताइन्छ । गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि मुद्दा परेको थियो । तर, अहिले यो प्रक्रिया अगाडि बढेको हो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको हो । नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली गत भदाैमै सार्वजनिक गरेकाे थियाे । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ । अब हिमालयन स्टक एक्सचेञ्जको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् । नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ ।
नयाँ स्टक एक्सचेञ्को लागि हिमालयनको आवेदन
काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि एक कम्पनीले आवेदन दिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार शुक्रवारसम्म हिमालयन स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको हो । नयाँ स्टकका लागि आवेदन दिने समय बैशाख १० गते अन्तिम दिन रहेको छ । यसअघि आवेदन खुला गरेको भएपनि अदालतमा रिट दायर भएका कारण रोकिएको थियो । अदालतले नयाँ स्टक सञ्चालनको पक्षमा फैसला गरेसँगै बोर्डले आवेदन दिने समय १० दिन थप गरेको थियो । आइतबारसम्म आवेदन दिने समय भएपनि थप केही कम्पनीले आवेदन दिन सक्ने बोडले जनाएको छ । बोर्डका अनुसार बस्तु विनिमय बजारको लागि आवेदन परेको छैन ।