ग्लोबल हाईड्रोपावरको सेयर प्रत्याभुतिमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट

काठमाडाैं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झाैता भएकाे छ । ग्लोबल हाईड्रोपावर एसोशिएट्सले निष्काशन गर्न लागेको ५८ कराेड ६० लाख सेयर पूँजी बराबरकाे १०० रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण सेयरकाे प्रत्याभुती गर्न सम्झाैता भएकाे हाे । आज एक कार्यक्रमका बीच एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

५ अंकले घट्यो सेयर बजार, ९१ करोड रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा पुगको छ । यसरी बजार घट्दा २८ लाख कित्ता सेयर ९१ करोड रुपैयाँमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । नेप्सेको अनुसार शिवम्ले मंगलबार तीन करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ । यस्तै, आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनको सेयर मूल्य आज २३.४० रुपैयाँले बढेको हो ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ करोड ८० लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । साविकको प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरपश्चात् कायम सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा नेप्सेमा सूचीकृत भएको हो । साविकको प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडबीच एक आपसमा १ः१ को अनुपामा मर्ज भएपश्चात् कायम हुन आएको २ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै नेप्सेले मर्जर प्रयोजनको लागि रोक्का राखेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको जनाएको छ । मर्जर पश्चात् साविकको सिद्धार्थ इन्स्योरेन्सको सूचीकरण खारेज भएको छ ।