नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी ३ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ३१०.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार बैंकको सेयर प्रतिकित्ता ३२६ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, ङादी ग्रुप पावरको ४.५७ प्रतिशत बोनस सेयरमूल्यमा समोायजन भएको हो । नेप्सेले प्रतिकित्ता २६३.४८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । सोमबार कम्पनीको सेयर प्रतिकित्ता २७६ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, स्वावलम्बन लघुवित्तको १५ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन भएर प्रतिकित्ता ९८२.६१ रुपैयाँ कायम भएको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

२३ अंकले घट्यो नेप्से, सबैभन्दा बढी गुमाउनेमा लघुवित्त

काठमाडौं । सोमबार सेयर बजार २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २०४६.८१ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा सबैभन्दा बढी लघुवित्तहरुको सेयर मूल्य घटेको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी सेयर मूल्य गुमाउनेमा टप १० कम्पनीमा ७ लघुवित्त रहेको छ । आज सबैभन्दा बढी कमाउने राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रक्सनका सेयरधनी रहेका छन् । नेप्सेको अनुसार आज ६० लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड रुपैयाँको कारोबार भएको छ ।

गणपति लघुवित्तले लाभांश घोषणा नगरी बोलायो साधारण सभा

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका सेयरधनीको यस वर्ष भने हात खाली हुने भएको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते एक दिन बुक क्लोज मिति तोकेको छ । यसको अर्थ चैत १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।