ईङवा हाइड्रोले फागुन २१ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ६० करोड ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई छुट्याइएको छ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँको १२ लाख कित्ता सेयरमध्ये १ लाख २० हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट, कसले कति कित्ता पाए ?
काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्बको ऋणपत्र शुक्रबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो । ब्यक्तिगत तवरबाट बिक्री गरिएको ऋणपत्रमा २३ जनाले ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन दिएका थिए । जुन मागभन्दा १.७४ गुण बढी हो । आवेदन दिएकाहरुलाई समान रुपमा ३० लाख कित्ता वितरण गरिएको छ । यस्तै, सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता निष्काशन गरिएकोमा १ हजार २६६ जनाले २१ लाख ३१ हजार २९४ कित्ताका लागि आवेदन दिएका थिए । जुन माग गरिएको भन्दा १.१० गुणा बढी हो । जसमा २५ देखि ३ लाख कित्तासम्म माग गर्ने १ हजार २६४ जनालाई ११ लाख ३१ हजार २९४ कित्ता र ५ लाख कित्ता माग गर्ने २ जनालाई समान ७ लाख ९८ हजार ७०६ कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
बोटलर्स नेपाल तराई र बालाजुले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश
काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजुले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । दुवै कम्पनीलेलहितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएका छन् । बोटलर्स नेपाल तराईको गत पुस २७ गते सम्पन्न ३६ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ । यस्तै, बोटलर्स नेपाल बालाजुको गत पुस २७ गते सम्पन्न ४४ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले वितरण गरेको उक्त ६० प्रतिशत नगद लाभांश माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । मर्जर पश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता नम्बर रहेका सेयरधनीहरुको खाता नं. परिवर्तन हुने हुँदा नयाँ खाता नम्बर अद्यावधिक गराउनु कम्पनीले आग्रह गरेको छ । बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।