विशाल बजार कम्पनीको सञ्चालकमा राधा पोखरेल
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को फागुन ४ को बैठकले पोखरे सञ्चालकमा नियुक्त गरेको हो । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्षसमेत रहेकी पोखरेल कम्पनीलाई आफ्नो कार्यकालमा स्वच्छ, पारदर्शी र बिवादरहित बनाउने बताएकी छिन् ।
३३ अंकले बढ्यो सेयर बजार, सबैभन्दा बढी कमाउनेमा हाइड्रोपावर कम्पनी
काठमाडौं । बुधबार ३३.५७ अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २०८०.३८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा नै हाइड्रोपावर रहेका छन् । यस्तै, सबैभन्दा बढी सेयर मूल्य गुमाउने टप १० कम्पनीहरुमा ० वटा नै लघुवित्त कम्पनीहरु रहेका छन् । यस्तै, आज ४७ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी कारोबारख हिमालय डिस्टिलरीकाम सेयरधनीहरुले गरेका छन् ।
किसान लघुवित्तको लाभांश प्रस्ताव
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फागुन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।