३ कम्पनीको सेयर खरिद गर्याे भने १३ प्रतिशतसम्म लाभांश पाइने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ३ कम्पनीको सेयर खरिद गर्याे भने लाभांश पनि पाइने भएको छ । ज्योति विकास बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीको आजसम्म सेयर खरिद गर्ने सेयरधनीले लाभांश प्राप्त गर्ने भएका हुन् । यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् भने ज्योति विकास बैंकले माघ २९ गते बुकल क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीहरुले मात्रै लाभांश प्राप्त र साधारण सभामा सहभागीता जनाउन पाउनेछन् । लुम्बिनी जनरलले माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । लुम्बिनी जनरलले इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद गरी कूल ७.३५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन ११ गते आफ्नो १८ औं वार्षिक साधारण सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा बोलाएको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.४ प्रतिशत बोनस सेयर र ०.६५७९ प्रतिशत नगद गरी कूल १३.०५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २६औं वार्षिक साधारण फागुन ११ गते बिहिबार लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे बोलाएको छ । यस्तै, ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद गरी कूल ६.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न फागुन १४ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौँमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सुपरमाई हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई र ५ प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको २ प्रतिशत अर्थात् १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ४ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका छुट्याइएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज माघ २६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ऋणपत्र’ बिक्री गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ५ वर्ष हुनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २४ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार किता ब्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ लाख ६० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई निष्काशन गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरेकोबाट ५ प्रतिशत अर्था् ४८ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरिसकेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकले ऋणपत्र निष्काशन तथा ब्रिकी प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । आइसिआरए नेपालले इक्राएनपी आइआर त्रिपल ए रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्वहरु प्रदान गर्ने सुरक्षित बैंकको रुपमा संकेत गर्दछ ।