मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको ५५.५५ प्रतिशत हकप्रद सेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज कात्तिक २५ गते शुक्रबारदेखि चुक्ता पूँजीको ५५.५५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले सेयरधनीहरुलाई १ कित्ता सेयर बराबर ०.५५ कित्ता सेयरको अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको उक्त सेयरमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयरमा केन्द्रिय कार्यालय र प्रादेशिक कार्यालयमा सम्पर्क गरी आवेदन दिन सकिनेछ । कम्पनीको २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । हो । कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ ।

१४ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी क्यापिटल

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको चौधौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुँदैछ । कम्पनीको सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे हुनेछ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गर्नेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

सबैको लघुवित्तको २२ हजार ४२ कित्ता सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । लघुवित्तका संस्थापक समूहका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर विक्री गर्ने भएको हुन् । लघुवित्तको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुको आवेदन नपरेपछि इच्छुक अन्य व्यक्ति र संस्थाले आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ बमोजिम उक्त संस्थापक सेयर खरिद गरी लिन इच्छुक लगानीकर्ताले १५ दिन भित्र आवेदन दिनुपर्नेछ ।