सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०४.२९ रुपैयाँ कायम भएको छ । यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १४३३.१० रुपैयाँमा भएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ५ वर्ष यताकै उच्च लाभांश

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.३६८४ प्रतिशत लाभांश घोषणा गरेको हो । कार्त्तिक १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२.७० प्रतिशत बोनस र ०.६६८४ प्रतिशत नगद गरी कूल १३.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १२.७ प्रतिशत बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश पछिल्लो ५ वर्ष यताकै उच्च हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६मा १०.५२६ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १२, आर्थिक वर्ष २०७३/७४ मा १२.६३ प्रतिशत, आर्थिक वर्ष २०७२/७३ मा १० प्रतिशत र आर्थिक वर्ष २०७१/७२ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई साढे १८ प्रतिशत लाभांश दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १८.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत कार्त्तिक १२ बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७.५७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद गरी १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । १७.५७५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।