हाथवे इन्भेष्टमेन्टले प्रतिकित्ता ५० रुपैयाँमै आईपीओ जारी गर्ने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको छ । कम्पनीले कूल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रकृया अघि बढाएको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ दरका २९ लाख २५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । सो मात्राको सेयर निष्काशन गर्नको लागि संस्थाले ग्लोबल आईएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरको छ । बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धमा कम्पनी र क्यापिटलबीच कार्त्तिक १४ गते सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा हाथवे इन्भेन्टमेन्टको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आईएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका हुन् ।

आरएसडिसी लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर १० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले आफ्नो आठौं वार्षिक साधारणसभा सो दिन बुटवलमा गर्ने निर्णय गरेको हो । सभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ३० गते बुक क्लोज गर्दै छ । यससँगै कार्त्तिक २९ गतेसम्म कायम सेयरधनी सभामा सहभागि हुन तथा सो मात्राको लाभांश पाउन योग्य हुनेछन् । सम्बन्धित समाचार आरएसडिसी लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

वाणिज्य बैंकको भन्दा दोब्बर लाभांश लघुवित्तको, कुनको कति ?

काठमाडौं । सञ्चालनमा रहेकामध्ये २४ वटा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷०७९ को लाभांश घोषणा गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाहरुले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुले प्रदान गर्नको लागि घोषणा गरेको भन्दा करिब दोब्बर छ । लघुवित्त वित्तीय संंस्थाको घोषणा अनुसार सेयरधनीलाई सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले दिने भएको छ भने सबैभन्दा कम एनआईसी एसिया लघुवित्तको रहेको छ । लघुवित्तहरुले सार्वजनिक गरेको लाभांश अनुसार महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षमा सेयरधनीलाई ५० प्रतिशत लाभांश दिएको छ । यसमध्ये ४७.५ प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । हालसम्म लाभांश घोषणा गर्ने २४ वटा लघुवित्त वित्तीय संस्थाहरुमा सबैभन्दा कम लाभांश घोषणा गर्नेमा एनआईसी एसिया लघुवित्त परेको छ । एनआईसी एसिया लघुवित्तले सेयरधनीलाई ५.४१ प्रतिशत बोनस सेयरमात्र दिने घोषणा गरेको छ । सार्वजनिक गरिएको लाभांश अनुसार स्वाभिमान लघुवित्तले ३४ प्रतिशत, सबैको लघुवित्तले ३२.६८ प्रतिशत, उन्नती सहकारी लघुवित्तले ३२ प्रतिशत र सपोट लघुवित्त वित्तीय संथाले ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरिसकेकामध्ये केही लघुवित्त वित्तीय संस्थाहरुको बुक क्लोज भइसकेको छ । बुक क्लोज भइसकेकाहरुमा डिप्रोक्स, साधना, स्वरोजगार, आशा, गुराँस र सिभिल लघुवित्त वित्तीय संस्था हुन् । सम्बन्धित समाचार १५ बैंकका लाभांशः सबैभन्दा बढी हिमालयन बैंकको, कम कुमारीको, अरु कसको कति ? ११ वाणिज्य बैंकको लाभांश विश्लेषणः सबैभन्दा बढी प्रतिफल हिमालयन बैंकको, कम चार्टर्डको