लाभांश पारित गर्न साधना लघुवित्तले डाक्यो एजीएम, कार्त्तिक ३ गतेदेखि बुक क्लोज
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आगामी कार्त्तिक १३ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले आफ्नो पाँचौ वार्षिक साधारण सभा सो दिन बिहान ११ बजे गोरखाको होटल गोरखा बिसौनीमा गर्ने निर्णय गरेको हो । सभामा जाने प्रयोजनको लागि कार्त्तिक ३ गतेदेखि कार्त्तिक १३ गतेसम्म बुक क्लोजको मिति तय गरेको छ । यससँगै कार्त्तिक २ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । सभाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल संस्थाको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पारित पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ११ लाख रुपैयाँ पुग्ने छ । सम्बन्धित समाचार साधना लघुवित्तले घोषणा गर्यो २६ प्रतिशत लाभांश, चुक्ता पुँजी ३२ करोड नाघ्ने
बोनसपछि सानिमा माई हाइड्रोको सेयर मूल्य समायोजन
काठमाडौं । सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ४०६.३६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४४७ रुपैयाँमा भएको थियो ।
आशा लघुवित्तका सेयरधनीले २५ प्रतिशत बोनस पाउने, नगद कति ?
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत बोनस दिने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, असोज १७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कर प्रयोजनको लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको छ । यससँगै, उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले कूल २६.३१५७ प्रतिशत लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २० करोड रुपैयाँ नाघ्ने छ । प्रस्तावित २६.३१५७ प्रतिशत लाभांश गत दुई वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ र आव २०७६/७७ को नाफाबाट सेयरधनीलाई क्रमशः १२.६३ प्रतिशत र १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।