साल्ट ट्रेडिङ्गले २५ प्रतिशत लाभांश दिने, डाक्यो वार्षिक साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । संस्थाले उक्त आवको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज १४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सो प्रस्तावलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । संस्थाको आगामी वार्षिक साधारणसभा कार्त्तिक १६ गते मंगलबार बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २ गतेदेख कार्त्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्त्तिक १५ गतेसम्म कायम सेयरधनी साधारणसभामा सहभागि हुनका साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । प्रस्तावित लाभांश अघिल्लाे ३ वर्ष यताकै न्यून हाे । संस्थाले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म वर्षेनि लगातार ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

लक्ष्मी लघुवित्तले घोषणा गर्यो २७ प्रतिशत लाभांश, गत ७ वर्ष यताकै उच्च

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.३६८ प्रतिशत लाभांश घोषणा गरेको हो । असोज १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफा चुक्ता पुँजीको २० प्रतिशत बोनस र ७.३६८ प्रतिशत नगद(कर समेत) गरी कूल २७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३८ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । गत ७ वर्षको लाभांश तथ्याङ्क अनुसार हाल प्रस्तावित लाभांश सबैभन्दा उच्च हो । संस्थाले आर्थिक वर्ष २०७१/२०७२ देखि यता २०७६/७७ को अवधिसम्ममा २७ प्रतिशत वा सो भन्दा बढी लाभांश वितरण गरेको थिएन । यो अवधिमा संस्थाले सेयरधनीलाई न्यूनतम १०.५३ र अधिकतम २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल भने संस्थाले सेयरधनीलाई सेयरधनीलाई दिने लाभांशको क्षमतालाई बढाएर २७.३६८४ प्रतिशत पुर्याएको छ ।

आरएसडिसी लघुवित्तले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड ५० लाख रुपैयाँ पुग्ने छ ।