आईपीओको प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले कार्त्तिक १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन अपरान्ह ५ बजे ठमेलको होटल अलफ्टमा आफ्नो पहिलो वार्षिक साधारणसभा आव्हान गरेको हो । सभाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावलार्ई पारित गर्दै छ । सभाले सञ्चालकहरुको निर्वाचत तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने छ । त्यस्तै, सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारे छलफल गरी आर्थिक वर्ष २०७८र७९ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको प्रस्ताव रहेको छ । त्यस्तै, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
सबैको लघुवित्तको लाभांश घोषणा, बोनस मात्रै ३१ प्रतिशत बढी
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७र७८ को नाफाबाट सेयरधनीलाई कूल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । असोज १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६३ प्रतिशत नगद गरी कूल ३२.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी २० करोड ६० लाख रुपैयाँ रहेको छ । प्रस्तावित ३१.०५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी २६ करोड ९९ लाख रुपैयाँ पुग्ने छ ।
ग्लोबल आईएमई लघुवित्तले २८ प्रतिशत बोनस दिने, नगद नदिने
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको हो । संस्थाले नगद लाभांशको प्रस्ताव भने गरेको छैन । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । हाल संस्थाको चुक्ता पुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको छ । २८ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्ने छ ।