नेपाल स्टक एक्सचेञ्जमा धर्ना बस्न खोज्ने शेयर लगानीकर्ता पक्राउ

काठमाडौँ । पूँजी बजारको विकासका लागि आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक हडतालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा त्यहाँबाट हटाउँदै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको हो । सिंहदरबार अगाडिको संवेदनशील र धर्नाका लागि निषेधित क्षेत्र परेको तथा युएन पार्क मार्गको बाटोसमेत अवरोध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको सो स्थलमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । समूहका प्रतिनिधि तिलक कोइरालाले पूँजी बजारलाई विशेष क्षेत्र तोकी प्राथमिकता दिनेलगायत विगतमा भएको सहमति अर्थ मन्त्रालयबाट कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराउन शान्तिपूर्ण धर्नामा बस्दा प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको बताए ।

पूँजीबजारमा देखिएका समस्याको समाधानमा धितोपत्र बोर्डले के के गर्यो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा देखिएको समस्या समाधानका सम्बन्धमा अहिलेसम्म गरिएका कामको सूचि सार्वजनिक गरेको छ । बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले सोमबार विज्ञप्ति मार्फत सूचि सार्वजनिक गरेका हुन् । सुधारमा काम आर्थिक विकासको लागिआर्थिक साधन परिचालनमा धितोपत्र वजारलाई उच्च प्राथमिकता दिई मुद्रा तथा पूँजीबजारमा देखिएका प्रवृतिहरुको मूल्याकंन गरी वित्तीय स्थायित्व एंवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु सम्बोधनका लागि सुझाव पेश गर्न नेपाल सरकारबाट मिति २०७५।८।२० मा गठित मुद्रा तथा पूँजीबजार सम्वन्धी कार्यदलको सुझाव प्रतिवेदन अनुसार बोर्डसँग सम्बन्धित २८ बुंदाहरु मध्ये केही तत्काल गर्नु पर्ने, केही२०७५ चैत्र मसान्ततथा २०७६ असार मसान्तसम्म सम्पन्न गर्नु पर्ने गरी कार्य योजना तोकिएकोमा तत्काल गर्नु पर्ने १२ वटा कार्यहरु मध्ये देहायकाकार्यहरु प्राय: सम्पन्न भईसकेका छन् भने चैत्र मसान्त सम्म गर्नु पर्ने तथा २०७६ असार मसान्तसम्म सम्पन्नगर्नुपर्ने कार्यहरु समेत अगाडि बढाइसकिएको छ । (क)तत्काल गर्नु पर्ने कार्यहरु र प्रगतिः बोर्डले तत्कालगर्नुपर्ने कार्यहरुमातलउल्लेखितकार्यहरु सम्पन्नगरि सकिएको छ । – उक्त सुझाव प्रतिवेदनको बुंदा ३०सँग सम्बन्धितःन्यूनतम ग्रेड भन्दाकम्तिमा एक स्तर माथिको रेटिङ्ग प्राप्त गरेका संस्थाहरुलाई मात्र सार्वजनिक निष्काशन अनुमति प्रदान गरी कार्यान्वयन गरिएको, – बुंदा ३७सँग सम्बन्धितःबजारमा सर्वसाधारण लगानीकर्ताहरुको पहुँचविस्तार गराई ऋणपत्र बजारलाई थपगतिशील बनाउन जारी रकमको कम्तिमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तीलाई विक्रीवितरण गर्नका लागि छुट्टयाउनुपर्ने व्यवस्था गरिएको, – बुंदा ४५ सँग सम्बन्धितःनेटवर्थ भन्दा बढी नहुने गरी एफपीओ जारी गर्न पाउने तथा नेटवर्थ भन्दादुई गुणा बढी नहुने गरी आइपिओ जारी गर्न पाउने व्यवस्थागरिएको, – बुंदा २४ सँग सम्बन्धितःशेयर दलालमार्फत् मार्जिन कारोवार सम्बन्धमा बोर्डको निर्देशनमा नेप्सेले मार्जिन कारोवार सुविधा सम्बन्धीकार्यविधि, २०७५ लागू गरिसकेको र सोहीबमोजिम नेप्सेबाट आवश्यकप्रकृृया अगाडि बढाई कार्यान्वयनको चरणमा रहेको, -बुंदा ३४सँग सम्बन्धितः नेप्सेले संचालनमा ल्याएको स्वचालित कारोवार प्रणालीलाई सिडिएसएलको प्रणालीमा आवद्ध गरिएको । साथै स्वचालितकारोवार प्रणालीमा भएका कमिकमजोरीहरुलाई अध्ययनगर्न बोर्डबाट गठित समितिबाट प्राप्त प्रतिवेदन नेपाल सरकार अर्थ मन्त्रालयमा पठाइएको, -बुंदा ४३ सँग सम्बन्धितःबजार निर्माताको कार्यको लागि नागरिक लगानीकोषलाई संस्थागत व्यवस्थागर्न सम्वन्वय भैरहेको, – बुंदा ४७ सँग सम्बन्धितःखुलामुखी सामूहिक लगानी कोष संचालन गर्न गरिएको व्यवस्थान गरी कार्यान्वयनको चरणमा रहेको, यसै गरी देहायकाकार्यहरु नेप्सेबाट हुनुपर्ने देखिएकोमा शिघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमाफलोअप भैरहेको छ । – बुंदा २२ सँग सम्बन्धितःबाणिज्य बैकहरुलाई सहायक कम्पनीमार्फत शेयर खरिद विक्रीगर्न पाउने गरी ब्रोकर लाईसेन्स सम्बन्धी आवश्यक कार्यहरु अगाडि बढाई बोर्डमा सिफारिश गर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिइएको, – बुंदा २४ सँग सम्बन्धितःओटिसी बजारलाई गतिशील बनाउन २०७५ चैत्र मसान्त सम्ममा प्रविधि मैत्रीबनाई स्वचालित प्रणाली अपनाउन नेप्सेलाई निर्देशन दिइएको, -बुंदा २९सँग सम्बन्धितःअन्तर्राष्टिय अभ्यास अनुरुप नेप्से सूचकांकमा लाग्ने सर्किट ब्रेकलाई समसामयीक बनाउन मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशन दिएकोमा नेप्सेबाट अध्ययनभई पेश गरिएकोमा कार्यान्वयनकोे क्रममा रहेको, -बुंदा ३२सँग सम्बन्धितः लगानीकर्ताहरुको हित संरक्षणको लागिलगानीकर्ता सुरक्षण कोष स्थापनागर्न मिति २०७५ पौष १८ गते नेप्सेलाई निर्देशनदिइएको, – साथै बुंदा ३१सिडिएसीसँग सम्बन्धित रहेको धितोपत्रको दोस्रो बजार कारोवारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेण्ट ग्यारेण्टी फण्डको स्थापनाका लागि मिति २०७५ पुष १८ मा सिडिएसिलाई निर्देशन दिइएको र सोको निरन्तर फलोअप भैरहेको । (ख)२०७५, चैत्रमसान्त सम्म गर्नु पर्ने कार्यहरु र प्रगती – बुंदा २१ सँग सम्बन्धितःधितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन धितोपत्र व्यवसायी (धितोपत्रदलाल, धितोपत्रव्यापारी तथाबजार निर्माता) नियमावली, २०६४ संशोधनगर्ने कार्य अन्तिम चरणमा रहेको, – बुंदा २७ सँग सम्बन्धितःभित्रीकारोवार बन्देज नियमावलीको मस्यौदा भई स्वीकृतिको लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउने क्रममा रहेको, – बुंदा ३५सँग सम्बन्धितःबास्तविक क्षेत्रका संगठित संस्थाहरुको संस्थापक शेयरको लक इनपिरियड लाई अन्यवित्तीय क्षेत्रको नियमननिकायले गरेको व्यवस्थासँग सामञ्जस्यता ल्याउन अध्ययन भैरहेको, – बुंदा ४२सँग सम्बन्धितःधितोपत्रबारे सर्वसाधारणमा वित्तीय साक्षरता सम्बन्धी कार्यहरु भैरहेको । यसै गरी देहायकाकार्य नेप्सेबाट हुनुपर्ने देखिएकोमा शीघ्र कार्य अगाडि बढाउन निर्देशन दिइएको र सोको निरन्तर रुपमा फलोअप भैरहेको  छ । -बुंदा ५३सँग सम्बन्धितःकर्मचारी संचयकोष, नागरिक लगानीकोष, सामजिक सुरक्षाकोष तथाधितोपत्रव्यवसायीहरुलाई बजार र निर्माता व्यापारी को रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन गरी सिफारिश गर्न २०७५ पुष १८ मा नेप्सेलाई निर्देशन दिइएको, (ग) २०७६, असार मसान्त सम्म गर्नु पर्ने कार्यहरु र प्रगती -बुंदा ४८, बुंदा ५९ र बुंदा ५१ सँग सम्बन्धितःगैर आवासिय नेपालीको बैंकहरुको डिवेन्चरमालगानी, लगानीफिर्ता तथा बैंकहरुबाट ऋणपत्र जारी गरी वित्तीयश्रोत जुटाउने सम्बन्धमा समन्वयात्मक रुपमा सम्बन्धित निकायहरुसँग छलफलको क्रममा रहेको, – बुंदा ५४ सँग सम्बन्धितःशेयर बजारमा हुने कारोवारलाई थप प्रभावकारी बनाउन सेटलमेन्ट बैंक, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड तथा निक्षेप सदस्यहरुसँग नेपाल स्टक एक्सचेन्जलि. को अनलाईन कारोवार प्रणाली पूर्ण रुपमा आवद्ध भए पश्चात हाल कायम रहेको T+3 राफसाफचक्रलाई T+1 मा ल्याउन सिडिएसीलाई निर्देशनदिइएको र सोको निरन्तर फलोअप भैरहेको, – त्यसै गरीे निरन्तर समय सिमा तोकिएको बुंदा ५४ सँग सम्बन्धितःप्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष प्रोत्साहनगर्न “विशिष्टिकृत लगानीकोष नियमावली, २०७५”यही मिति २०७५ फागुन २२ गते देखि लागू गरिएको । यसप्रकार नेपाल सरकारबाट गठित कार्यदलले सुझाव गरेको कामकारवाहीमध्ये बोर्डको क्षेत्राधिकार भित्र रहेकाअधिकांस कार्यहरु सम्पन्न भैसकेका छन भने केही कार्यान्वयनको चरणमा रहेका छन् । (घ) पछिल्लो समयमा लगानीकर्ताहरुले देखाएका सरोकारका विषयहरुमा बोर्डसँग सम्बन्धित केही विषयहरु सम्बोधन भईसकेका छन् र अन्यविषयबस्तुहरु सम्बोधनगर्न बोर्ड प्रतिवद्ध रहेको छ । बोर्डको क्षेत्राधिकारबाहिरकाबिषयबस्तुहरु नेपाल सरकार सहित अन्य निकायहरुबाट सम्बोधन गरिनु पर्ने देखिएका छन् भने अन्य केही विषयहरु सम्बन्धित निकायहरुसँग समन्वय गरीकार्य अगाडि बढाउन बोर्ड प्रयासरत रहेको छ ।

वोमी माइक्रोफाइनान्स पुग्यो धितोपत्र बोर्ड, माग्यो शतप्रतिशत हकप्रद जारी गर्ने अनुमति

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डको अनुमति मागेको हो । माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले १० लाख १० हजार ८८० कित्ता हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर पछि संस्थाको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्ने छ । सोमबार संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार १२८ रुपैयाँ रहेको छ ।