शिवम् सिमेन्ट र यूनिभर्सल पावर दुबैको सेयर मूल्यमा भारी गिरावट, प्रतिकित्ता कति ?
काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनी दुबैको सेयर मूल्यमा भारी गिरावट देखिएको छ । पहिलो कारोबारमै यूनिभर्सल पावर र शिवम् सिमेन्टको सेयर मूल्य क्रमशः १० र ९.९१ प्रतिशतले घटेको छ । आइतबार शिवम् सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले घटेर प्रतिकित्ता ४१८ रुपैयाँमा झरेको छ । कम्पनीको सो दिन प्रतिकित्ता ४६४ रुपैयाँमा कारोबार शुरु भएको थियो । त्यस्तै, यूनिभर्सल पावरको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले घटेर प्रतिकित्ता २७० रुपैयाँमा झरेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता ३०० रुपैयाँदेखि शुरु भएको थियो । नेप्सेमा कारोबारको लागि यी दुबै कम्पनीको बिहीबार नै ओपन रेञ्ज तोकिएको थियो । ओपन रेञ्ज तोकिए पनि प्राविधिक कारणले गर्दा सो दिन कम्पनीको कारोबार हुन सकेको थिएन । शिवम्को १६२ रुपैयाँदेखि ४८३ रुपैयाँसम्म र यूनिभर्सलको १०१ देखि ३०३ रुपैयाँसम्म ओपन रेञ्ज तोकिएको थियो ।
धितोपत्र बोर्डको तालाबन्दी खुल्यो, सेयर लगानीकर्ता दवाव समूहको बैठक बस्दै
काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले आइतबार नेपाल धितोपत्र बोर्डमा लगाएको ताला प्रहरीले खुलाएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा बिहान ९ बजेदेखि ताला लगाएका थिए । तालाबन्दीका कारण ३ जना कार्यालय भित्र थुनिएका थिए भने बाँकी कर्मचारी कार्यालयमा प्रवेश गर्न पाएका थिएनन् र कार्यालयको काम प्रभावित भएको थियो । प्रहरीले ताला फुटाएपनि समूहका अध्यक्ष हरि ढकाल भन्छन्, “प्रहरीले हामीलाई बोर्डबाट लाठीचार्ज गरेर लखेट्यो । सयौँ जनाको संख्यामा प्रहरी उपस्थित भएर आन्दोलनमा हस्तक्षेप गरेको छ ।” अब यस बारेमा लगानीकर्ता समूहको कोर टिमको बैठक बसेर अब के गर्ने भन्ने बारे निर्णय लिने उनले बताए । पूँजी बजारसम्बन्धी ३२ बुँदे मागको सुनिवाई नभएको भन्दै आन्दोलनमा उत्रिएको अध्यक्ष ढकालले बताए ।
फ्लोरसिट र कारोबारको प्रत्यक्ष डाटामा समस्या देखिएपछि नेप्सेले भन्यो ‘सरी’
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को फ्लोरसिट र वेभसाइटमा कारोबारको प्रत्यक्ष(लाइभ) डाटामा समस्या देखिएको छ । आइतबार कारोबार शुरु भएको केहि समयमै वेभसाइटमा उक्त समस्या देखिएको हो । उक्त समस्या समाधान गर्न काम भइरहेको र समस्याहरु तुरुन्तै तय भएमा डाटा वेवसाइटमा अद्यावधिक हुने नेप्सेले जनाएको छ । साथै, प्रत्यक्ष डाटामा समस्या भएसँगै लगानीकर्तामा परेको असुविधाप्रति नेप्सले ‘सरी’ भनेको छ ।