अब उपत्यका बाहिरका १४ स्थानबाट लिलामीको सेयर भर्न पाइने, कहाँ कहाँबाट?

काठमाडौं । अब लगानीकर्ताले उपत्यका बाहिरका १४ स्थानबाट लिलामीको सेयर भर्न सक्ने छन् । नेपाल धितोपत्र बोर्डले बिहीबार एक विज्ञप्तिमार्फत ७ वटै प्रदेशका कुल १४ स्थानबाट हकप्रद निष्काशनपछि बिक्री नभएको सेयरको लिलाम प्रक्रियामा आवेदन दिन सक्ने बताएको छ । बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन उक्त व्यवस्था गरेको हो । बोर्डले मर्चेन्ट बैंकरहरुलाई उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको अवस्था समेतका आधारमा देहाय अनुसारका स्थानहरुवाट समेत आवेदन दिन सक्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

गणपति माइक्रोफाइनान्सले ३ करोड ३५ लाखको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ३ करोड ३५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार(आज) मात्र संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । माइक्रोफाइनान्सले बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर सर्वसाधारणमा बिक्री गर्ने छ ।

केपी ओलीले किने त्रिशुली–३ बीको १० हजार कित्ता सेयर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पानी, जनताको लगानी कार्यक्रममा १० हजार कित्ता सेयर खरिद गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले त्रिशुली–३ बीको १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन् । ओलीले जनताको जलविद्युत आयोजना अन्तर्गत त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सेयर खरिद गरेका हुन् । उनले आगामी २ वर्षपछि कम्पनीको १० हजार कित्ता सेयर प्राप्त गर्नेछन् । उनले १० हजार कित्ता सेयरका लागि हाल एक लाख रुपैंयाँ भुक्तानी गरेका हुन भने २ वर्षपछि ९ लाख रुपैंयाँ भुक्तानी गर्नुपर्नेछ । ३७ मेगावाट क्षमताको आयोजनाको एक महिना अघि मात्रै निर्माण आरम्भ भएको थियो ।