लगानीकर्ताको आन्दोलन लगानी सम्मेलन असफल पार्ने षड्यन्त्र हो- धितोपत्र बोर्ड
काठमाडौं । आगामी चैत ९ गतेदेखि विभिन्न माग राख्दै लगानीकर्ताले घोषणा गरेको आन्दोलन लगानी सम्मेलन असफल पार्ने षड्यन्त्रको रुपमा आएको नेपाल धितोपत्र बोर्डले आरोप लगाएको छ । बोर्डले धितोपत्र बजारको सुधारका लागि नियामक निकायको हैसियतले गरेका एक दर्जन कामहरुको बुँदा समेत सार्वजनिक गर्दै सम्मेलनको पूर्वसन्ध्यामा गर्न लागिएको त्यस्ता कार्यक्रम लगानीकर्ताको आन्दोलनले लगानी सम्मेलनलाई प्रतिकुल प्रभाव पार्ने भन्दै त्यसमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सेयर लगानीकर्ता दबाब समूहले उक्त आन्दोलनको कार्यक्रम अन्तर्गत नियमनकारी निकायको पदाधिकारीको घर घेराउ लगायतका अन्य गैर व्यवसायिक कार्यक्रमले नियमनकारी निकायलाई कमजोर बनाइ बजार विकासको कार्यमा बाधा पुग्ने र लगानीकर्ताको हित संरक्षणमा समेत नकरात्मक प्रभाव पर्ने बोर्डले बताएको छ । यसका साथै, बजार विकास तथा सुधारका प्रयासहरु भैरहेको समयमा लगानीकर्ताहरुलाई संयमता अपनाउन बोर्डले आग्रह गरको छ । यस्तो छ बोर्डले बजारको सुधारका लागि नियामक निकायले हालसम्म गरेका एक दर्जन बढी कामहरुको बुँदाहरुः
नेप्से र कारोबार रकम दुबैमा गिरावट, फाइनान्स र उत्पादनमूलक बाहेक सबै समूह राताम्मे
काठमाडौं । दुईदिन लगातार उकालो लागेको नेप्से परिसूचक सोमबार ७.४७ अंकले ओरालो लागेको छ । आइतबार बढेर ११६१ अंकमा पुगको परिसूचक सोमबार ०.६४ प्रतिशतले घटेर ११५३.९८ अंकमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सोमबारको बजारमा कुल १६९ कम्पनीको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन आइतबारको तुलनामा करिब एक करोड रुपैयाँले कमी हो । आइतबारको बजारमा ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो दिन सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको एकैदिन ६ करोड ३९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । सो दिन बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १७७ रुपैयाँ रहेको छ । बजारमा फाइनान्स र उत्पादनमूलक समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा ६०, हाइड्रोपावर १४ र माइक्रोफाइनान्स समूह १० अंकले ओरालो लागेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः ४ र ७ अंकले उकालो लागेका हुन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् ।
तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का
काठमाडौं । तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने तथा गाभिने(मर्ज) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयू)मा हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि यी दुबै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा साेमबार(चैत ४ गते) देखि सेयर कारोबार रोक्का भएको छ । वित्तीय बजारमा संस्थाको पुँजीगत आधार बलियो बनाउन, व्यावसाय विस्तार गर्न, भौगोलिक कार्यक्षेत्रको विस्तार गर्न सेयरको बुक भ्यालु वृद्धि गर्न, सेयर बजारको मूल्य वृद्धि गर्न, प्रति व्यक्ति कर्जा लगानी सिमा वृद्धि गर्न र संस्थाको मुनाफामा वृद्धि ल्याइ सक्षम, सवल र स्तरीय बैंकिङ व्यावसाय गर्ने संस्थाको रुपमा स्थापित हुने उद्देश्यले यी दुई संस्था एक आपसमा गाभिन लागेका हुन् ।