चिलिमे जलविद्युत कम्पनीले खातामै पठायाे २० प्रतिशत बोनस सेयर

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीको पुस २७ गते सम्पन्न साधारणसभाले सो मात्राको बोनस पारित गरेको थियो । कम्पनीले पुस १९ गतेसम्म डिम्याट भएका शेयरधनीहरुको खातामा सो बोनस जम्मा गरेको छ भने सो मितिसम्म डिम्याट नभएका शेयरधनीहरुले बोनस पाउनका लागि डिम्याट खाता खोल्नुपर्ने छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्रिशुली जलविद्युत कम्पनीकाे ३७ करोडको आईपीओ स्वीकृत

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले ३७ करोड ५ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) स्वीकृत भएकाे छ । नेपाल धितोपत्र बोर्डले फागुन ३० गते कम्पनीलाई सो मात्राको आईपीओ जारी गर्न अनुमति  दिएकाे हाे । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतकाे यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ३७ लाख ५ हजार कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमार्फत सो मात्राको सेयर सर्वसाधारणलाई जारी गर्ने छ । साथै, यस कम्पनीले सेयर निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने भएको छ ।

ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत अर्थात १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बुधबार मात्र नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३२ करोड ७५ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्फत बजारमा बिक्री गर्ने छ ।