बजार झिनो अंकले बढ्याे, छिमेक लघुवित्तको सबैभन्दा बढी कारोबार

काठमाडौं । बुधबारको बजार झिनो अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि एक बजेसम्म लगातार बढेर ११८३ अंकमा पुगको थियो । त्यसपछि परिसूचक ओरालो लागेर अन्तत बजार बन्द हुँदा सामान्य २.२९ अंकले बढेर ११७९ अंकमा पुगेको छ । कुल १६६ कम्पनीको ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकको प्रमोटर सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ५६ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । जुसको सेयर मूल्य प्रतिकित्ता ११० रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ४ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । भार्गव विकास बैंकका लगानीकर्ताले ५.९७ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १४२ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ३.२ प्रतिशतले घटेको छ । बजारमा फाइनान्स र अन्य समूह बाहेक बाँकी समूह सामान्य अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूह क्रमशः १.११ र ०.१८ अंकले घटेका छन् ।

स्वदेशी र नागबेली लघुवित्तको हकप्रद सेयर सूचिकृत

काठमाडौं । बुधबार स्वदेशी लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको हकप्रद सेयर सूचिकृत भएको छ । एकैदिन दुई संस्थाको कूल १९ लाख १६ हजार ५३१ कित्ता सेयर सूचिकृत भएको हो । सो मध्ये स्वदेशीको ११ लाख ५० हजार र नागबेलीको ७ लाख ६६ हजार कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीलाई आईपीओ निष्काशनमा रोक

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ पाएका कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न रोक लगाएको छ । बोर्डले क्रेडिट रेटिङ कम्पनीहरुले प्रदान गरेको रेटिङमा सबैभन्दा कमजोर रेटिङ प्राप्त गर्ने कम्पनीहरुलाई त्यस्तो रोक लगाइएको हो । हाल कायम रहेको ३ करोड भन्दा कमको आईपीओ निष्कासन गर्दा रेटिङ गर्नै नपर्ने व्यवस्था भने कायमै रहने बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । यसको अर्थ, अब ग्रेड ५ प्राप्त गरेका कम्पनीलाई आईपीओ निष्काशन गर्न नदिइने भएको हो । प्रत्याभूतिकर्ताले प्रत्याभूति लिनु नपर्ने साथै सबैभन्दा कमजोर रेटिङ पाएका कम्पनीहरुका निष्काशन तथा सुरक्षण प्रत्याभूतिका लागि सम्झौता गरेका कम्पनीहरुले पनि त्यस्तो प्रत्याभूति लिनु नपर्ने व्यवस्था गरेको छ । प्राकृतिक व्यक्तिलाई ४० प्रतिशत ऋणपत्र बोर्डले ऋणपत्र बजारमा प्राकृतिक व्यक्तिको कम्तीमा ४० प्रतिशत हिस्सा सुनिश्चित गर्न समेत सम्बन्धित धितोपत्र निष्कासनकर्ता तथा विक्रीकर्ता कम्पनीहरुलाई निर्देशन दिएको छ ।