जोशी हाइड्रोपावरको ३७ लाख कित्ता आईपीओ सूचिकृत

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३७ लाख १४ हजार कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

आइतबारको सेयर बजार ७ अंकले घट्यो, अन्य बाहेक सबै समूह राताम्मे

काठमाडौं । आइतबारको सेयर बजार ७.२२ अंकले घटेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजार अन्तत ०.६१ प्रतिशतले घटेर ११७०.७९ अंकमा अडेको छ । बजारमा कुल १० समूह करोबारमा आएका छन् । जसमध्ये अन्य समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह ७९ अंकले घटेको छ । अन्य समूह भने ९.५४ अंकले उकालो लागेको छ । सो दिन कुल १५६ कम्पनीको ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा एनसीसी बैंकको ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

ग्रीनलाइफ हाइड्रोले १८ लाख कित्ता आइपीओ बिक्री गर्ने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।