सिर्जना फाइनान्सले २४ प्रतिशत लाभांश दिने, पुस १३ गतेदेखि बुक क्लोज
काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले सेयरधनीलाई २४.५० प्रतिशत लाभांश सेयर वितरण गर्ने भएको छ । संस्थाले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ९.५० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हालै सम्पन्न सञ्चालक समितिको उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । संस्थाको आगामी अर्थात १८औँ वार्षिक साधारणसभा यही पुस २८ गते बस्दै छ । सो प्रयोजनको लागि पुस १३ गतेदेखि २८ गतेसम्म संस्थाको बुक क्लोज हुँदै छ ।
किन बढ्यो लुम्बिनी विकास बैंकको सेयर मूल्य ? यस्तो छ कारण
काठमाडौं । आइतबारको बजार बढेसँगै लुम्बिनी विकास बैंकको पनि सेयर मूल्य उकालो लागेको छ । दिउँसाे २ बजेसम्म यस कम्पनीको सेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । विकास बैंकले आइतबार बोनस सेयर दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरप्रति आकर्षित भएका हुन् । संस्थाले सेयरधनीलाई १८.७७६५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणासँगै बैंकको सेयर किन्नेकोमा बढी चाप देखिनु र सेयर मूल्यमा दोहोरो अंककाे वृद्धि हुनुले लगानीकर्ताहरु उत्साहित भएको संकेत गर्छ । आइतबार प्रतिकित्ता १६३ रुपैयाँबाट कारोबार शुरु भएको यस बैंकको सेयर मूल्य बढेर दिउँसो २ बजेसम्म प्रतिकित्ता १७८ रुपैयाँ पुगको छ । सो अवधिसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता १७९ रुपैयाँसम्म कारोबार भएको थियो । विकास बैंकले चुक्ता पुँजीको सो मात्रा अर्थात ३७ करोड ७१ लाख ९७ हजार २०० रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको हो । विकास बैंक संचालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि बैंकले गत आर्थिक वर्षको नाफा तथा संचित जगेडाबाट सेयरधनीलाई उक्त लाभांश दिने छ । हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । १८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ ।
साञ्जेन जलविद्युतले ५४ करोडको आईपीओ बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणको लागि ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आईपीओ निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले नागरिक लगानी कोष मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।