चौतारी लघुवित्तको आईपीओ बाँडफाँट, क-कसले कति पाए ? हेर्नुहोस् (सूचीसहित)

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर १७ देखि भदौ २३ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँट भएको छ । उक्त आईपीओमा ५६ हजार ७० जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । (क-कसले कति पाए हेर्नको लागि यसमा क्लिक गर्नुहोस्) बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त आईपीओमा कुल २ लाख ७३ हजार १९२ आवदेकले आवेदन दिएका थिए । उक्त आईपीओमा कुल एक करोड ७१ लाख ५३ हजार ७७० कित्ता बराबर एक अर्ब ७१ करोड ५३ हजार ७७० रुपैयाँ बराबरको आवेदन परेको थियो । जसमध्ये एक करोड ७१ लाख १३ हजार १५० कित्ता सेयरमा रितपूर्वक आवेदन परेको छ । बाँकी ४० हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको छ । लघुवित्तले कुल ६ लाख कित्ता सेयरमध्ये ३० हजार कित्ता म्युचअल फण्ड र ९३०० लघुवित्तका कर्मचारीलाई छुट्टाएको छ । बाँकी ५ लाख ६० हजार ७०० कित्ता भने सर्वसाधारणलाई बिक्री गरेको हो ।

नेपाल इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको लागि ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४० लाख १४ हजार ६५१ कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४० करोड १४ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ रहेको छ । ६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ ।

यूनिभर्सल पावरले ९६ करोड ६१ लाखको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । यूनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीयबासिन्दा र सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँको दरले कुल ९६ लाख ६१ हजार ६१० कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता गरी साे मात्राकाे आईपीओ बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्ड सो मात्राको सेयर निष्काशन गर्न कम्पनीलाई अनुमति दिइसकेको छ । कम्पनीकाे सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने भएको छ ।