नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु : रामदेव
काठमाडाैं । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् । क्रिया दिँदै उनले भने “नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।” उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । उनले भने, “नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ । उहाँले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गरे । उनले भने “हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो । उनले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गरे । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उनले बताए । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए । त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए । त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरे । रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरे । रासस
स्काउटमा तीन लाख विद्यार्थी पु¥याउने लक्ष्य
काठमाडाैं । नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै (७५३ वटै) स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ । स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ । हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिनुभयो । हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यामिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेटने गरी उक्त भेला गरिएको हो । सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गर्नुभएको थियो । नेपालमा सन् १९५२ (विसं २००९) मा स्काउट शुरु भएको हो । स्काउटको इकाइ गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए । कार्यक्रममा नेपाल स्काटउका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए । आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाइ पु¥याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए । स्काउटले बालकालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ । यसैगरी स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ । विगतमा सामाजिक सेवा तथा विपदका बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्वपूर्ण काम गर्दै आएको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो । यस्तै विपदजन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो ।
चन्द्रागिरिमा योगगुरु रामदेवको योग ध्यान तथा प्रशिक्षण
काठमाडाैं । योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाइ चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरे। रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराए । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो । शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी थिए । त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेका थिए । रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।